Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

भिजिट भिसा दुरुपयोगको जालो दुबईदेखि दिल्लीसम्म

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले दुबई र दिल्लीबाट यससम्बन्धी धन्दा सञ्चालन गरिरहेको खुलेको छ। दिल्लीस्थित विमानस्थलबाट भिजिट भिसामा विदेश उडाउन लागिएका ४७ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याएर अनुसन्धान गर्दा गिरोहले दिल्ली र दुबईबाट यस्तो धन्दा सञ्चालन गरिरहेको खुल्न आएको हो।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले अनुसन्धानका क्रममा ११ जनालाई शंकाको घेरामा राखेको छ। ‘आज (आइतबार) हामीले ११ जनालाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेका छौं। उनीहरूविरुद्ध निवेदनसमेत परिसकेको छ,’ ब्युरोका एक प्रहरी अधिकारीले भने।

स्रोतका अनुसार नेपाल फर्काइएका महिलाले गिरोहमा संलग्न भन्दै ११ जनाको नामसहित निवेदन दिइसकेका छन्। उनीहरूलाई पक्राउ गर्न प्रहरीले अनुमतिसमेत लिइसकेको छ।

नेपाली महिलालाई भारतबाट उद्धार गरेर ल्याइएपछि गिरोहमा संलग्न भनिएका  ११ जनाविरुद्ध अनुसन्धान सुरु भएको विषयलाई प्रहरीले गोप्य राखेको छ। दिल्लीस्थित विमानस्थलबाट बुधबार साँझ ४७ जनालाई उद्धार गरी काठमाडौं ल्याइएको थियो। उनीहरूलाई माइती नेपालको कार्यालयमा राखिएको छ। ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले यस विषयमा अनुसन्धान भइरहेको बताए। ‘दिल्ली विमानस्थलबाट फिर्ता ल्याइएका महिलासँग सोधपुछ गरिरहेका छौं, थप अनुसन्धान हुँदै छ,’ पंगेनीले भने।

अहिले नै गिरोहमा कोको छन् भनेर अवस्था बनिनसकेको भन्दै उनले सबै कुरा बताउन अस्वीकार गरे।

भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको हो। ‘ती महिलालाई दिल्ली विमानस्थलबाट उद्धार गरेर ल्याइएको हो। उनीहरूलाई त्यहाँ कसले, किन र कसरी लगेको हो भन्नेमा अनुसन्धान भइरहेको छ,’ ब्युरो स्रोतले भन्यो।

उद्धार गरिएका महिलालाई काठमाडौं ल्याएर सुरक्षित रूपले सेफ हाउसमा राखेर मनोपरामर्श (काउन्सिलिङ) दिन थालिएको छ। ‘उनीहरूलाई नेपाल ल्याएर सेफ हाउसमा राखी काउन्सिलिङ गरिरहेका छौ,’ स्रोतले भन्यो। उनीहरूलाई नेपाल ल्याएपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए।  

भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी बढको गुनासोसँगै मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सुधारको कदमसहित कडाइ गरेको छ। त्रिभुवन विमानस्थलमा कडाइ भएपछि भिजिट भिसा दुरूपयोग गिरोहले दिल्ली विमानस्थल प्रयोग गरी नेपालीलाई विभिन्न मुलुक पठाउन थालेको बुझिएको छ। ‘अहिले धेरैजसोले तेस्रो मुलुक जान दिल्ली विमानस्थल प्रयोग गरिरहेका छन्,’ अध्यागमन कार्यालयका एक कर्मचारीले भने।

गृह मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न लोकसेवा आयोगबाट हालै सिफारिस भएका ४४ नयाँ अधिकृतलाई त्यहाँ खटाएको छ। त्रिभुवन विमानस्थलमा कडाइ गरिएपछि ट्राभल एजेन्सीहरूले सेटिङ मिलाएर नेपालीलाई विदेश पठाउन नसक्ने अवस्था आएको छ। यसकारण तस्करहरूले काठमाडौंको सट्टा दिल्लीबाट पठाउन थालेको यो घटनाले पुष्टि गरेको छ।

अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शंकास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टर’ समेत स्थापना गरेको छ।

यसले गर्दा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिटी) मा समस्या आए पनि विमानस्थलको सेवा प्रभावित नहुने विभागले जनाएको छ। भिजिट भिसाका कारण लामो सयमदेखि सत्तापक्ष र प्रतिपक्षबिचमा जुहारी चल्दै आएको छ।

विपक्षी रास्वापले अहिलेसम्म संसद् बहिष्कार गरिरहेको छ। सरकारले भिजिट भिसालाई व्यवस्थित गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा एउटा कार्यदल बनाएर काम सुरु गरिसकेको छ। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending