Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

थाइल्याण्ड र कम्बोडियाबीच युद्धविरामको सहमति

खबरडबली संवाददाता

मलेसिया । मलेसिया, थाइल्याण्ड र कम्बोडियाबीच पाँच दिनदेखि जारी सीमाविवाद अन्ततः वार्ताबाट समाधानतर्फ उन्मुख भएको छ। 

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घका अध्यक्षसमेत रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार दुबै देशका नेताहरूले “तुरुन्त र बिना सर्त युद्धविराम” मा सहमति जनाएको घोषणा गरेका छन् ।

अनवरका अनुसार थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटबीच भएको स्पष्ट र सिधा संवादपछि दुबै पक्ष शान्तिपूर्ण वातावरणमा फर्कन सहमत भएका हुन् । वार्तापछि मङ्गलबार राति १२ बजेदेखि युद्धविराम लागू हुने जनाइएको छ ।

अनवरले भने, “यो द्वन्द्व न्यूनीकरण र शान्ति स्थापनातर्फको महत्वपूर्ण पहिलो कदम हो ।” दुबै देशका सैन्य अधिकारी तथा उच्च सरकारी प्रतिनिधिहरूबीच नियमित बैठक गरी सीमा तनावको व्यवस्थापन गर्ने तयारीसमेत भएको छ । साथै, मलेसिया, कम्बोडिया र थाइल्याण्डका परराष्ट्र तथा रक्षामन्त्रीहरूले युद्धविराम कार्यान्वयन र अनुगमनका लागि विस्तृत संयन्त्र विकास गर्ने जिम्मा लिइसकेको जानकारी दिइएको छ ।

विस्थापितको चासो  घर फर्कने आशा

दुवै देशका प्रधानमन्त्रीहरूले वार्तापछि हात मिलाएर पत्रकार सम्मेलन टुंग्याए । कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले भने, “म आशा गर्छु, चाँडै द्विपक्षीय सम्बन्ध सामान्य अवस्थामा फर्कनेछ र दुबै देशका करिब तीन लाख विस्थापितहरू सुरक्षित रूपमा घर फर्कन सक्नेछन् ।” त्यस्तै, थाई प्रधानमन्त्री फुमथामले भने, “वार्ताको नतिजा थाइल्याण्डको शान्तिपूर्ण समाधान चाहनाको प्रतिबिम्ब हो ।”

झडपको पृष्ठभूमि

विगत बिहीबार सीमा क्षेत्रमा राखिएको बारुदी सुरुङ विस्फोटमा पाँचजना थाई सैनिक घाइते भएपछि झडप सुरु भएको थियो । घटनामा दुबै पक्षले एकअर्कालाई दोष दिएका छन् । अहिलेसम्म कम्तीमा ३५ जनाको मृत्यु भइसकेको छ भने २ लाख ६० हजारभन्दा बढी नागरिकहरू विस्थापित भएका छन् ।

थाइल्याण्डले सबै सीमा नाका बन्द गरेको थियो, जसमा क्याम्बोडियाली आप्रवासी श्रमिकहरूलाई फर्किने छुट दिइएको थियो । दुवै देशले आफ्ना–आफ्ना राजदूत फिर्ता बोलाइसकेका छन् ।

अमेरिकी र चिनियाँ दबाब

यो सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष चासो र दबाबपछि सम्भव भएको हो । संयुक्त विज्ञप्तिअनुसार, संयुक्त राज्य अमेरिका र चीन दुबै देश वार्ता प्रक्रियाका सहआयोजक थिए । मलेसियामा भएको दुई घण्टा लामो बैठकमा दुबै देशका राजदूतहरूको सहभागिता थियो ।

मानव पीडा

कम्बोडियाको सिएम रिप प्रान्तस्थित शरणार्थी शिविरमा बसेकी ५६ वर्षीया रोन माओले भने, “हामी लडाइँ सुरु भएदेखि घरबाट भागेका हौं । कहिले गोली, कहिले बम । म यो युद्ध चाहन्नँ। शान्ति चाहन्छु ।” थाइल्याण्डको सुरिन क्षेत्रमा रहेका ६ हजारभन्दा बढी शरणार्थीहरूमध्ये ६३ वर्षीया किसान नकोर्न जोमकामसिङको भनाइ छ, “कृपया सरकारले शान्ति ल्याओस् । मलाई मेरो घर, कुकुर, कुखुरा सबै याद आइरहेको छ ।”

थाइल्याण्ड र कम्बोडियाबीचको ८०० किलोमिटर लामो सीमा दशकौँदेखि विवादित रहँदै आएको छ । विगतमा पनि केही झडपहरू भए पनि तिनीहरू छोटो समयमै समाधान हुन्थे । तर, यस पटकको झडप गत मे महिनामा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि सुरु भएको विवादबाट चर्किएको हो ।  एपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending