Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेकपा एससँग एकता गर्न हतारोमा प्रचण्ड तर विभाजनको त्रासमा माधव

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एकपछि अर्को राजनीतिक संकटमा छन् ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका नेपालको सांसद पद त निलम्बित छ नै संसदीय दलको नेता र पार्टी अध्यक्ष पदमा समेत नैतिक प्रश्न उठिरहेको छ ।

५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगसँगै आन्दोलनमा उत्रिएका नेपाल ९ भदौ २०७६ मा पार्टी विभाजन गरेर अलग्गै बाटो लिने बाध्यतामा पुगे ।

अलग पार्टी निर्माणपछि निर्वाचनमा नेपाली कांग्रेस नेकपा माओवादीसँग मिल्दै अघि बढ्नुपर्ने अवस्था तथा निर्वाचनपछि पार्टीले थ्रेसहोल्ड कटाउन नसक्दा सिनियरदेखि तल्लो तहका धेरै कार्यकर्ता पुरानो पार्टी नेकपा एमालेमा फर्किए भने पार्टीले पनि नयाँ स्वरूप लिन नसकेको आरोप झेलिरह्यो ।

पार्टी महाधिवेशनमा निर्वाचनको अवस्था बन्न लाग्दा झलनाथ खनालतिर लाग्नसक्ने सम्भावना भएका बलिया नेताहरूलाई आफूतिर आकर्षित गरेका अध्यक्ष नेपालले महाधिवेशन लगत्तैबाट उनीहरूलाई अविश्वास गरेको आरोप लागिरहेको छ ।

अझ जनसंगठन तथा भूगोल कमिटीहरूमा एकलौटी गरेको आरोप थेगिनसक्नु छ । कार्यकर्ताको नर्सरी मानिने अनेरास्ववियु र युवा संघमा त समानान्तर गतिविधि नै छन् । पार्टीको जनपरिचालन करिब ठप्प रहेको पार्टीका शीर्षतहका नेताहरू बताउँछन् ।

संविधान र प्रचलित कानुनअनुसार भ्रष्टाचार मुद्दा दायर भएको मानिस त्यही संविधान र तिनै कानुन मानेर त्यही प्रणालीअन्तर्गत राजनीतिक पार्टी र संसदीय नेतृत्वमा बस्नु उपयुक्त नभएकाले विकल्प खोज्नुपर्ने बहस उठिरहेको एकीकृत समाजवादीका एक पदाधिकारी बताउँछन् ।

विभाजनको आशंका

नेकपा एमालेबाट दल विभाजन गरी निर्माण भएको नेकपा एकीकृत समाजवादी पनि विभाजनको त्रासमा छ । लामै समयदेखि जुनसुकै बेला फुट्नसक्ने आशंका गरिएको यो पार्टी बलियो र साझा नेताको अभावमा विभाजन हुन रोकिएको विद्रोही समूहनिकट स्रोतको दाबी छ ।

पार्टी निर्माणमा माधव नेपाललाई बलियो साथ दिएकी संस्थापक सचिव रामकुमारी झाँक्रीलाई अध्यक्ष नेपालले महाधिवेशनताका खनालतर्फ जानबाट रोक्न ‘भावी नेतृत्व’को आश देखाएर आफूलाई सर्वसम्मत बनाउन निर्णायक परिचालन गरेका थिए ।

तर, महाधिवेशन सकिएलगत्तै झाँक्रीलाई नै निर्वाचन हराउन सक्रिय भएका नेपाललाई अल्पमतमा रहनेगरी पार्टी विभाजन गर्न झाँक्री लागेको सूचना नेपालसमक्ष पुगेको थियो । पछिल्ला केही समयअघि नेकपा एकता केन्द्रसँग पार्टी एकता भएपछि अध्यक्ष नेपालविरुद्ध बलियो मोर्चाबन्दी भइरहेको सूचना अध्यक्ष नेपालसमक्ष पुगेको स्रोतको दाबी छ ।

वामदेव गौतमले एकीकृत समाजवादीसँग एकता गर्न खोजेको अघिल्लोपटक नै करिबकरिब तयारी अन्तिम भएपछि अध्यक्ष नेपालकहाँ एउटा सूचना पुगेको थियो–गौतमको प्रवेशसँगै एकीकृत समाजवादीमा विभाजनको रेखा कोरिन्छ ।

गौतमको नेतृत्वमा बहुमत प्रतिनिधिसभाका बहुमत सांसदसहित विभाजन गरी एमालेलाई संसद्को पहिलो पार्टी बनाउने सर्तमा सम्मानजनक एकता गराउने ‘फर्मुला’सहित पार्टी एकता हुन खोजेको भन्ने सुइँको नेपालसमक्ष पुगेपछि नेपालले आफूनिकट एक विश्वासिला पदाधिकारीमार्फत वामदेवलाई रोकेको चर्चा एकीकृत समाजवादीभित्र चलेको थियो ।

वामदेवको नेतृत्वमा हुने यस्तो गतिविधिलाई सम्मानित नेता झलनाथ खनालको मौन समर्थन रहने विश्वास गर्दै नेपालले त्यतिबेला रोकेका थिए । सम्मानित नेता खनाल चीन भ्रमणमा रहेका बेलामा गौतमसँग संवाद बढाएर पार्टी एकताको तय गरेका थिए । तैपनि गौतमले केही दिनअघि दिएको अभिव्यक्तिले नेपालमा विभाजनको त्रास बढेको छ । 

वाम एकता बहस गञ्जागोल

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रलाई अहिले साझा रूपमा एउटा प्रश्न उठिरहेको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेलामा पार्टी एकता गर्ने भन्दै बनाइएको समाजवादी मोर्चा कहाँ पुग्यो र पार्टी एकताको एजेन्डा कसरी छुट्यो भन्दै कम्युनिस्ट नेता कार्यकर्ताले प्रश्न उठाइरहेका छन् ।

पार्टी एकताको नाममा माओवादी केन्द्रले महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबाट विभाजित गंगानारायण श्रेष्ठ नेतृत्वको समूहसँग एकता ग¥यो । श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिँदै श्रेष्ठ समूहका नेतालाई केन्द्रीय सदस्यमा समेत जिम्मेवारी दियो ।

यस्तै, एकीकृत समाजवादीले नेकपा एकता अभियानका संयोजक वामदेव गौतमसँग पार्टी एकता ग¥यो । गौतमलाई एकीकृत समाजवादीले तेस्रो वरीयताका नेताका रूपमा पार्टीमा जिम्मेवारी दिएको छ ।

साना दलसँगको एकताबाहेक कम्युनिस्ट आन्दोलनलाई ठोस गति दिने र जनमत प्रभावित हुनेगरी एकता अभियान चलाउन नसकेकामा माओवादी र एकीकृत समाजवादीले पार्टीभित्र र बाहिरबाट आलोचना खेपिरहेका छन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending