Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बहादुरको मुख्यमन्त्री पद संकटमा, संसदीय दलमा बानियाँको पक्षमा बहुमत पुग्ने निश्चित !

रातभर २३ सांसदलाई हेटौँडाको एक होटलमा राखेर सँगै लाने बानियाँको तयारी

खबरडबली संवाददाता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङको पद अहिले संकटमा परेको छ। उनको नेतृत्वविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि निर्णय मंगलबार बिहान १० बजे हुने तय भएको छ।

सोमबार दिनभर चलेको औपचारिक तथा अनौपचारिक छलफलपछि कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि राजेन्द्र केसीले सहमतिको आधारमा अविश्वास प्रस्ताव टुंग्याउने प्रयास भइरहेको जानकारी दिए। 

"वर्तमान नेताले मार्ग प्रशस्त गर्ने भन्ने सहमति बनिरहेको छ," उनले भने, "तर त्यसको मोडालिटीमात्र टुंगिन बाँकी छ।"

यसबीच, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने दौडमा अगाडि देखिएका छन्। उनी नेतृत्वमा रहेको समूहले आफ्नो पक्षमा २३ सांसदको समर्थन रहेको दाबी गरेको छ। बानियाँले यसअघि २१ सांसदको हस्ताक्षरसहित लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

तर तीमध्ये सांसद मिना पराजुली र माया श्रेष्ठले आफूहरूको असहमतिकाबीच हस्ताक्षर गरिएको भन्दै लामाको पक्षमा रहेको सार्वजनिक रूपमा बताएका छन्। तथापि, उनीहरूको विज्ञप्ति संसदीय दलको सचिवालयमा औपचारिक रूपमा दर्ता भइसकेको छैन, सचिव कृष्ण तामाङले जनाएका छन्।

बानियाँ पक्षले समर्थनमा रहेका २३ सांसदलाई हेटौँडाको एक होटलमा राखेर ‘होल्ड’मा राखेको स्रोतले जानकारी दिएको छ। "रातभर २३ सांसद हामीसँगै हुनुहुन्छ," कांग्रेसका एक पदाधिकारीले बताए, "आज बिहान १० बजे सँगै संसदीय दलको कार्यालयमा जानेछौँ।"

सांसदहरू अन्य पक्षमा जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै बानियाँ समूहले यस्तो रणनीति अपनाएको हो। ती पदाधिकारीका अनुसार, "२३ मत सुनिश्चित छन्, यदि केही मत घटे पनि लामा पक्षको तुलनामा बढी हुनेछ।"

दुवै पक्षबाट सांसदहरूलाई मन्त्री पदको आश्वासनसहित आ-आफ्नो पक्षमा पार्न प्रयास जारी रहेको कांग्रेस स्रोतको दाबी छ। यद्यपि अन्तिम निर्णय मंगलबार बिहान हुने स्पष्ट छ- चाहे सहमतिको आधारमा होस् या मत विभाजनबाट।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending