ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिकामा सिँचाइ सुविधाका लागि चार वर्षअघि गाडिएका १७ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन सकेका छैनन् । विद्युत लाइन र अन्य आवश्यक उपकरण जडान नगरिँदा ती ट्युबवेल सञ्चालन आउन नसकेका हुन् ।
गाउँपालिकाको अढाइ करोड रुपियाँभन्दा बढी लागतमा पालिकाको विभिन्न स्थानमा ती ट्युबवेल गाडिएको छ । ट्युबवेल सम्बन्धिका जानकार रामविरोध महतोले ट्युबवेल समयमै सञ्चालनमा नआएपछि जीर्ण बन्दै गएको बताए। उनका अनुसार ट्युबवेल गाडिएको केही महिनाभित्र सञ्चालनमा ल्याइसक्नुपर्छ । अन्यथा फिल्टर जाम भएर पानी नआउने अवस्था आउनसक्छ । त्यस्तै, बालुवा थुप्रिएर बोर होल नै बन्द हुनसक्ने उनको भनाइ छ ।
बटेश्वरका राजकिशोर महतोले जमिन मुनिको पानी तानेर खेतबारीमा सिचाइँ सुविधा पुर्याउने उद्देश्यले गाडिएको ट्यबवेल प्रयोगमा नआउँदै जीर्ण हुने अवस्थामा पुगेको बताए । उनले ट्युबवेल सञ्चालन नआउँदा यहाँका किसान सिँचाइ समस्याले मार परेको जानकारी दिए।
उनले भने, “अहिले बटेश्वरलगायत तराईका क्षेत्रमा सिँचाइ अभावले धान रोपाइँ प्रभावित भएको छ । यति बेला ट्युबवेल सञ्चालनमा रहेको भए यहाँका किसानलाई धान रोप्न आकासे पानी कुरेर बस्नु पर्दैन्थ्यो ।” पालिकाले विद्युत लाइन जडान र अन्य आवश्यक उपकरण जडान गरेर ट्युबवेल शीघ्र सञ्चालन ल्याउनुपर्ने महतोको भनाइ छ ।
स्थानीय किसान राजलाल महतोले सिँचाइ अभावकै कारण यो वर्ष धान रोप्न नपाएको बताए। उनले भने, “ट्युबवेल सञ्चालनमा आएको भए यो अवस्था आउने थिएन । स्थानीय सरकारले समयमै ध्यान नदिँदा ठूलो लगानीमा गाडिएको सिँचाइ पूर्वाधार प्रयोगविहीन बनेको छ ।” ट्युबवेल सञ्चालनमा ल्याउन पटकपटक माग गर्दै आएको भए पनि सुनुवाई नभएको महतोले जानकारी दिए।
अर्का किसान रामनारायण साहका अनुसार डिप ट्युबवेल गाड्ने बेला निकै खुशी देखिएका बटेश्वरका किसान ट्युबवेल सञ्चालनमा नआउँदा निरास भएका छन् । वर्षौंदेखि सिँचाइ समस्या झेल्दै आएका यहाँका किसान यसपाली वर्षा नहुँदा झन् निराश बनेका छन् । सिँचाइ अभावकै कारण खेतबारीबाट पर्याप्त उत्पादन लिन नसकेको उनले बताए।
बटेश्वरर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले प्रदेश सरकारको सहयोगमा १७ वटा ट्युबवेलमध्ये सात वटामा ट्रान्सफमर जडान गरिएको बताए। उनले विद्युत लाइन जडानकोे काम अगाडि बढाइएको भएपनि चालू आर्थिक वर्षमा ट्युबवेल सञ्चालन ल्याउन नसकिने जानकारी दिए।
उनले भने, “ट्युबवेल सञ्चालन गर्न समरसिवल मोटर, प्यानल, पाइप लगायत थुप्रै उपकरण खरिद गर्नुपर्छ । त्यसका लागि पालिकामा बजेट छैन ।” चालू आर्थिक वर्षमा विद्युत विस्तारको काम सम्पन्न गरेर आउँदो आर्थिक वर्षमा ट्युबवेल सञ्चालनको प्रक्रिया अगाडि बढाउने अध्यक्ष महतोले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...
बैशाख १८ गते, २०८३ - १४:५२
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...
बैशाख १८ गते, २०८३ - १४:१७
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...


प्रतिकृया लेख्नुहोस्: