ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिकामा सिँचाइ सुविधाका लागि चार वर्षअघि गाडिएका १७ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन सकेका छैनन् । विद्युत लाइन र अन्य आवश्यक उपकरण जडान नगरिँदा ती ट्युबवेल सञ्चालन आउन नसकेका हुन् ।
गाउँपालिकाको अढाइ करोड रुपियाँभन्दा बढी लागतमा पालिकाको विभिन्न स्थानमा ती ट्युबवेल गाडिएको छ । ट्युबवेल सम्बन्धिका जानकार रामविरोध महतोले ट्युबवेल समयमै सञ्चालनमा नआएपछि जीर्ण बन्दै गएको बताए। उनका अनुसार ट्युबवेल गाडिएको केही महिनाभित्र सञ्चालनमा ल्याइसक्नुपर्छ । अन्यथा फिल्टर जाम भएर पानी नआउने अवस्था आउनसक्छ । त्यस्तै, बालुवा थुप्रिएर बोर होल नै बन्द हुनसक्ने उनको भनाइ छ ।
बटेश्वरका राजकिशोर महतोले जमिन मुनिको पानी तानेर खेतबारीमा सिचाइँ सुविधा पुर्याउने उद्देश्यले गाडिएको ट्यबवेल प्रयोगमा नआउँदै जीर्ण हुने अवस्थामा पुगेको बताए । उनले ट्युबवेल सञ्चालन नआउँदा यहाँका किसान सिँचाइ समस्याले मार परेको जानकारी दिए।
उनले भने, “अहिले बटेश्वरलगायत तराईका क्षेत्रमा सिँचाइ अभावले धान रोपाइँ प्रभावित भएको छ । यति बेला ट्युबवेल सञ्चालनमा रहेको भए यहाँका किसानलाई धान रोप्न आकासे पानी कुरेर बस्नु पर्दैन्थ्यो ।” पालिकाले विद्युत लाइन जडान र अन्य आवश्यक उपकरण जडान गरेर ट्युबवेल शीघ्र सञ्चालन ल्याउनुपर्ने महतोको भनाइ छ ।
स्थानीय किसान राजलाल महतोले सिँचाइ अभावकै कारण यो वर्ष धान रोप्न नपाएको बताए। उनले भने, “ट्युबवेल सञ्चालनमा आएको भए यो अवस्था आउने थिएन । स्थानीय सरकारले समयमै ध्यान नदिँदा ठूलो लगानीमा गाडिएको सिँचाइ पूर्वाधार प्रयोगविहीन बनेको छ ।” ट्युबवेल सञ्चालनमा ल्याउन पटकपटक माग गर्दै आएको भए पनि सुनुवाई नभएको महतोले जानकारी दिए।
अर्का किसान रामनारायण साहका अनुसार डिप ट्युबवेल गाड्ने बेला निकै खुशी देखिएका बटेश्वरका किसान ट्युबवेल सञ्चालनमा नआउँदा निरास भएका छन् । वर्षौंदेखि सिँचाइ समस्या झेल्दै आएका यहाँका किसान यसपाली वर्षा नहुँदा झन् निराश बनेका छन् । सिँचाइ अभावकै कारण खेतबारीबाट पर्याप्त उत्पादन लिन नसकेको उनले बताए।
बटेश्वरर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले प्रदेश सरकारको सहयोगमा १७ वटा ट्युबवेलमध्ये सात वटामा ट्रान्सफमर जडान गरिएको बताए। उनले विद्युत लाइन जडानकोे काम अगाडि बढाइएको भएपनि चालू आर्थिक वर्षमा ट्युबवेल सञ्चालन ल्याउन नसकिने जानकारी दिए।
उनले भने, “ट्युबवेल सञ्चालन गर्न समरसिवल मोटर, प्यानल, पाइप लगायत थुप्रै उपकरण खरिद गर्नुपर्छ । त्यसका लागि पालिकामा बजेट छैन ।” चालू आर्थिक वर्षमा विद्युत विस्तारको काम सम्पन्न गरेर आउँदो आर्थिक वर्षमा ट्युबवेल सञ्चालनको प्रक्रिया अगाडि बढाउने अध्यक्ष महतोले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: