Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

जमुना वर्षा शर्मा

पोखरा । रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर    

महिला हामी एक भई उठौँ जागेर …    

गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्छिन् उनी । उनका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ ।

नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उनले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम सुरु भइसकेको छ । केही गीतमा मौलिकता झल्किन्छ भने केही गीत आधुनिक शैलीका छन् । पछिल्लो समय तीजका गीतमा आधुनिकता हावी हुँदा यसको मौलिकता हराउने पो हो कि भन्नेमा गायिका कोइराला चिन्ता व्यक्त  गर्गछिन्र्नु । त्यसै सिलसिलामा उनले यसपटक पनि ‘उठौं जागेर’ बोलको तीज गीत ल्याएकी छिन् ।

कोइरालाको आफ्नै स्वर, शब्द र लयमा सजिएको यस गीत तीजको मर्म र महिलामाथि भइरहेको प्रहारविरुद्धलाई उठान गरिएको छ । गीतमार्फत महिलालाई अधिकार र सम्मानका लागि एकजुट हुन आह्वान गरिएको छ ।

तीज गीतमा बढ्दो विकृतिप्रति चिन्तित कोइरालाले हरेक वर्ष मौलिक भाकाका गीतहरू सिर्जना गर्दै आफ्नो कर्मलाई निरन्तरता दिँदै आएकी छिन् । यो वर्षको ‘उठौं जागेर’ उनको पहिलो प्रस्तुति हो । बाँकी तीन गीतको रेकर्डिङ सकिएको र छिट्टै बजारमा आउने तयारीमा रहेको उनको भनाइ छ । 

‘मैले यसपटक राम–सीताको गाथा जस्ता धार्मिक प्रसङ्ग, छोरीको इच्छाविपरीत विवाह गरिदिने सामाजिक पीडा, माइतीको सम्झनालाई गीतमा उतारेकी छु’, उनले भनिन्, ‘तीजका गीत महिलाका सुख, दुःख, बेदना र सामाजिक चेतना बोल्ने सशक्त माध्यम हुन्, तर आजभोलि बजारमा आउने अधिकांश गीत महिलाको अस्मितामाथि धावा बोल्दै वस्तुकरण गर्न खोजेको जस्तो देखिन्छ ।’

उनले आफू तीज संस्कृति र सङ्गीतको संरक्षणमा आफू एक्लै भए पनि निरन्तर लागिरहने बताइन् । ‘लोक संस्कृति जोगाउनु केवल पुराना गीत संरक्षण मात्र होइन, यो हाम्रो सामूहिक पहिचान र अस्तित्वको आधार हो । यसले हामीलाई आफ्नो इतिहास र पुर्खाको ज्ञानसँग जोड्दै सामाजिक एकतालाई बलियो बनाउँछ । हाम्रो मौलिक कला, ज्ञान र जीवनशैलीलाई बलियो पार्दै भावी पुस्तालाई मौलिक चिनारी हस्तान्तरण गर्न लोक संस्कृतिको संरक्षण अपरिहार्य छ’, उनले भनिन् ।

कोइरालाको मौलिकताको खोज केवल शब्द र सन्देशमा मात्र सीमित छैनन्, परम्परागत मौलिक घर, चौतारी, कुवा पँधेरो, गोठ, खेतबारीको मौलिकपन पनि भेटिन्छ । समय बदलिए पनि महिलाका लागि आज समाज सुरक्षित हुन नसकेको र महिलामाथि शोसन दमन र विभेद उस्तै रहेको अनुभव सुनाउँदै उनले मौलिकताभित्र सशक्तीकरण र विद्रोहका गीत गाएर सामाजिक जागरण ल्याउन सकिने बताइन् ।

तीजको सन्दर्भ, परिवेश र विषयवस्तुभन्दा बाहिर गएर केवल चर्चाका लागि गीत बनाउने प्रवृत्ति हाबी भएकाले यसलाई निरुत्साहित गर्न सर्जक मात्र नभइ सञ्चारमाध्यम र सरोकारवाला निकायले विशेष भूमिका खेल्नु आवश्यक रहेको उनको भनाइ छ । 

‘अहिले तीज गीतमा छाडापन बढ्नुको मुख्य कारण नै भाइरल हुने होड र व्यापारीकरण हो, टिकटक र युट्युबमा छिटो चर्चा पाउनकै लागि सर्जकहरूले तीजको मौलिक मर्म बिर्सेर अपाच्य शब्द र भड्किलो नाचलाई प्राथमिकता दिएका छन्, यो गलत हो’, उनले भनिन् ।

पहिले चेलीको दुःख पोख्ने माध्यम बनेको तीज गीत, अहिले सतही मनोरञ्जन र पैसा कमाउने साधनमा सीमित बन्नु दुर्भाग्यपूर्ण भएको उनको बुुझाइ छ ।

विसं २०१५ चैत १७ गते कास्कीमा जन्मनुभएकी कोइराला नेपाली लोक सङ्गीत र साहित्यकी एक अग्रणी साधक बनेर मौलिक सङ्गीतमा रमाएकी छन् ।

विसं २०४५ देखि निरन्तर नेपाली गीत सङ्गीतमा सक्रिय उनले आठ सयभन्दा बढी गीतमा काम गरेकी छन् भने ८० भन्दा बढी एल्बम रेकर्ड गराएकी छन् । उनले हम्काइलो, ऐना हेरेर, पाइन खबर, फूलको बास्ना जस्ता कैयौं कालजयी गीत गाइसकेकी छन् ।

उनको विशेषता भनेको गीतमा सामाजिक र राष्ट्रिय महत्वका विषयलाई उठाउनु हो । उनका सिर्जनामा दरबार हत्याकाण्ड, भूकम्प, कोरोना महामारी, हवाई दुर्घटना जस्ता राष्ट्रिय एवं प्राकृतिक विपत्तिदेखि लिएर बढ्दो राजनीतिक विकृति, दाइजो प्रथा, पारिवारिक कलह, जुवातासको असर र छोरीहरूले भोग्नुपरेका पीडा जस्ता सामाजिक मुद्दाहरू उठान हुने गर्दछन् ।

उनका गीत केवल मनोरञ्जनका लागि होइनन्, समाजलाई झक्झकाउने र सकारात्मक परिवर्तनको सन्देश दिने ऐना रुपमा लिन सकिन्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending