Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सरकारी कागजातसहित दस्तखत-छाप कीर्ते गर्ने दुई पक्राउ

खबरडबली संवाददाता

काभ्रे । सरकारी कागजातसहित जनप्रतिनिधिलगायतको दस्तखत र छाप कीर्ते गर्ने दुई जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काठमाडौँको बानेश्वरमा ‘साइबर’समेत सञ्चालन गर्दै आएका एक व्यक्ति र अर्का एकबाट विभिन्न सरकारी कार्यालय, जनप्रतिनिधि, राजनीतिक दल तथा व्यक्तिको दस्तखतवाला छापसहित उपकरण र नगद बरामद गरिएकालाई जिल्ला सदरमुकाम धुलिखेलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय जितेन्द्र तामाङ र गोरखाको सहिद लखन गाउँपालिका–१ घर भई काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरस्थित शङ्खमूलमा गज्जबको फोटोकपी एन्ड स्टेसनरी सेन्टर सञ्चालन गर्ने ४१ वर्षीय किरण अर्याल रहेका छन् । 

दुवै जनालाई लिखतसम्बन्धी कसुर (सरकारीछाप–दस्तखत कीर्ते) मुद्दामा मङ्गलबार म्याद थप गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। 

घलेका अनुसार मङ्गलबार धुलिखेल नगरपालिका–१२ को वडा कार्यालयको लेटरप्याड, छाप तथा वडाअध्यक्षको सहीसमेत कीर्ते गरी नक्कली कागजात बनाएको घटनाको अनुसन्धान गर्दै जाने क्रममा अर्यालको साइबर र तामाङका साथबाट वडाअध्यक्षको ‘वार्ड चियरपर्सन’ लेखिएको छापसहित विभिन्न सङ्घसंस्थाको २६ थान छाप, रु ६८ हजार ७०० नगद, विभिन्न मुलुकको १४ थान नोट, दुई थान नागरिकता, पासपोर्ट तथा विभिन्न संस्थाको कागजात, ११ थान पेन–ड्राइभ, एक थान कम्प्युटरको सिपियू र दुई थान हार्ड–ड्राइभ बरामद गरिएको छ । 

तामाङले नाता प्रमाणित गर्न वडा कार्यालय जाने तयारी गरिरहेका बेला साइबर सञ्चालक अर्यालले वडा कार्यालयसम्म पुग्नु पर्दैन यहीबाट बनाई दिन्छु रु ७५० दिनु भन्दै धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौरको लेटरप्याड, छाप र वडाअध्यक्षको छापसहितको दस्तखत तयार गरिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending