काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज मन्त्रीपरिषद् हेरफेरका विषयमा भेटवार्ता हुने भएको छ। यद्यपि भेटको ठोस समय भने तय भइसकेको छैन।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि प्रधानमन्त्री ओली आज दिउँसो देउवासँग भेट गर्दै छन्। सरकारको पहिलो वर्ष सकिनै लाग्दा प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरूको हेरफेर गर्ने तयारी गरेका हुन्।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को कार्यक्षमता सुधार गर्न चाहेका भए पनि सत्ता साझेदार कांग्रेसको पूर्ण सहमति नहुँदा निर्णय अघि बढ्न सकेको छैन। कांग्रेसले आफ्ना मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरेपछि केही समयका लागि हेरफेरको योजना रोकिएको थियो।
उच्च स्रोतका अनुसार, अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जस्ता केही मन्त्रीहरू यथावत् रहनेछन्। तर केहीको जिम्मेवारी हेरफेर हुने सम्भावना छ।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको कामप्रति असन्तुष्ट देखिए पनि कांग्रेसभित्रको गुटगत समीकरणका कारण निर्णय गर्न कठिन भइरहेको छ। तर देउवासँगको भेटमा उनले यसबारे प्रस्ताव लैजाने तयारी गरेका छन्।
एमालेबाट मन्त्री बनेकाहरूको हकमा भने ओलीको प्राथमिकता भिन्न देखिएको छ। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन उनले केही मन्त्रीलाई ‘रेड जोन’मा राखेको स्रोतको दाबी छ। विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनःप्रवेशलाई ध्यानमा राख्दै ओलीले सावधानीपूर्वक रणनीति बनाइरहेका छन्।
रक्षामन्त्री मानवीर राईको जिम्मेवारी पनि एक वर्षमै अन्त्य हुनसक्ने देखिएको छ। सम्भावित हेरफेरपछि उक्त मन्त्रालय ओली आफैंले सम्हाल्न सक्ने संकेत स्रोतले दिएको छ।
यसैबीच, लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना तर्फबाट मन्त्री रहेका शरतसिंह भण्डारीलाई हटाउन प्रधानमन्त्री ओलीलाई लिखित पत्र पठाइसकेका छन्। भण्डारीको स्थानमा सर्वेन्द्रनाथ शुक्लको नाम प्रस्ताव गरिएको छ। लोसपाको नाम सिफारिस प्रधानमन्त्रीको कार्यालयमै रहेको र कांग्रेस–एमालेको हेरफेरसँगै एकैपटक सार्वजनिक गरिने तयारी रहेको बताइएको छ।
यस्तै, पोखराको जग्गा विवाद र घुसकाण्डमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्रीलाई सजिलो हुने देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको पदसमेत जोखिममा रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले केही अनुभवी तथा केही नयाँ नेताहरूलाई समेटेर नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाएका छन्। यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजकुमार गुप्ताको स्थानमा भगवती न्यौपाने र शिक्षा मन्त्रालयमा विद्या भट्टराईको ठाउँमा रघुजी पन्तलाई नियुक्त गरिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...




प्रतिकृया लेख्नुहोस्: