काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज मन्त्रीपरिषद् हेरफेरका विषयमा भेटवार्ता हुने भएको छ। यद्यपि भेटको ठोस समय भने तय भइसकेको छैन।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि प्रधानमन्त्री ओली आज दिउँसो देउवासँग भेट गर्दै छन्। सरकारको पहिलो वर्ष सकिनै लाग्दा प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरूको हेरफेर गर्ने तयारी गरेका हुन्।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को कार्यक्षमता सुधार गर्न चाहेका भए पनि सत्ता साझेदार कांग्रेसको पूर्ण सहमति नहुँदा निर्णय अघि बढ्न सकेको छैन। कांग्रेसले आफ्ना मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरेपछि केही समयका लागि हेरफेरको योजना रोकिएको थियो।
उच्च स्रोतका अनुसार, अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जस्ता केही मन्त्रीहरू यथावत् रहनेछन्। तर केहीको जिम्मेवारी हेरफेर हुने सम्भावना छ।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको कामप्रति असन्तुष्ट देखिए पनि कांग्रेसभित्रको गुटगत समीकरणका कारण निर्णय गर्न कठिन भइरहेको छ। तर देउवासँगको भेटमा उनले यसबारे प्रस्ताव लैजाने तयारी गरेका छन्।
एमालेबाट मन्त्री बनेकाहरूको हकमा भने ओलीको प्राथमिकता भिन्न देखिएको छ। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन उनले केही मन्त्रीलाई ‘रेड जोन’मा राखेको स्रोतको दाबी छ। विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनःप्रवेशलाई ध्यानमा राख्दै ओलीले सावधानीपूर्वक रणनीति बनाइरहेका छन्।
रक्षामन्त्री मानवीर राईको जिम्मेवारी पनि एक वर्षमै अन्त्य हुनसक्ने देखिएको छ। सम्भावित हेरफेरपछि उक्त मन्त्रालय ओली आफैंले सम्हाल्न सक्ने संकेत स्रोतले दिएको छ।
यसैबीच, लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना तर्फबाट मन्त्री रहेका शरतसिंह भण्डारीलाई हटाउन प्रधानमन्त्री ओलीलाई लिखित पत्र पठाइसकेका छन्। भण्डारीको स्थानमा सर्वेन्द्रनाथ शुक्लको नाम प्रस्ताव गरिएको छ। लोसपाको नाम सिफारिस प्रधानमन्त्रीको कार्यालयमै रहेको र कांग्रेस–एमालेको हेरफेरसँगै एकैपटक सार्वजनिक गरिने तयारी रहेको बताइएको छ।
यस्तै, पोखराको जग्गा विवाद र घुसकाण्डमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्रीलाई सजिलो हुने देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको पदसमेत जोखिममा रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले केही अनुभवी तथा केही नयाँ नेताहरूलाई समेटेर नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाएका छन्। यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजकुमार गुप्ताको स्थानमा भगवती न्यौपाने र शिक्षा मन्त्रालयमा विद्या भट्टराईको ठाउँमा रघुजी पन्तलाई नियुक्त गरिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: