Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

नाउपाले आज नयाँ अध्यक्ष चयन गर्दै, तीन नाम चर्चामा

खबरडबली संवाददाता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला बिहीबार पनि नयाँ बानेश्वरमा बस्दैछ। भेला संयोजक रामलाल डगौराका अनुसार, आजको बैठकमा नयाँ अध्यक्ष चयन गर्ने प्रमुख कार्यसूची रहेको छ।

बुधबार सम्पन्न बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय पारित गरेको थियो। उनी पार्टीको साधारण सदस्यबाट समेत निष्कासनमा परेकी छन्। 

पोखरास्थित लिचीबारी जग्गा प्रकरणमा संलग्न भएको आरोपमा श्रेष्ठलाई अनुशासन समितिले २४ घन्टे स्पष्टीकरण मागेको थियो। 

तर उनले कुनै जवाफ नदिएपछि वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। यद्यपि, बास्तोला आजको भेलामा पनि अनुपस्थित छन्।

श्रेष्ठको पदमुक्तिपछि नयाँ अध्यक्षको चयन अपरिहार्य बनेको छ। हाल अध्यक्ष पदका आकांक्षीहरूमध्ये रामलाल डगौरा, गंगा चौधरी र लालवीर चौधरीको नाम प्रमुख रूपमा चर्चामा छ। 

गंगा चौधरी नाउपाको संसदीय दलकी नेतृ हुन्, रामलाल डगौरा टीकपुर नगरपालिकाका मेयर हुन् भने लालवीर चौधरी पार्टी संरक्षक रेशम चौधरीका पिता तथा स्वतन्त्र सांसद हुन्। उनी बर्दियाबाट नाउपाको समर्थनमा निर्वाचित भएका थिए।

यद्यपि, पार्टीको नेतृत्व चयनका सम्बन्धमा कानुनी अन्योल कायम छ। एक केन्द्रीय सदस्यका अनुसार, पार्टीको विधानले अध्यक्षलाई सर्वेसर्वा बनाएको हुँदा महाधिवेशनबाहेक उनलाई हटाउने प्रावधान छैन। ती सदस्यका अनुसार रञ्जिता श्रेष्ठले कानुनी सल्लाहका आधारमा कार्यवाहक अध्यक्ष तोकेकी थिइन्।

२०८० पुसको अन्तिम साता सम्पन्न राष्ट्रिय महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरे पनि निर्वाचन आयोगले त्यसलाई अद्यावधिक नगरेपछि पार्टी पुरानै संरचनामा फर्किएको थियो। 

यसविरुद्ध संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सो मुद्दा विचाराधीन भएकाले आयोगबाट नयाँ कार्यसमिति दर्ता हुन नसक्ने अवस्था कायम छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending