Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

माओवादी नेता मण्डलको टिप्पणी- पार्टी फुट्दैछ भनेर नेतृत्वबाटै हल्ला चलाइयो

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र भित्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्माबीचको विचारगत र सांगठनिक अन्तरसंघर्ष चुलिँदै गएको बेला पूर्वमन्त्री तथा पार्टी नेता शिवकुमार मण्डलले गम्भीर राजनीतिक टिप्पणी गरेका छन्।

नेता मण्डलले हालको सरकार, पार्टीको आन्तरिक अवस्था र देशको समसामयिक चुनौतीमाथि स्पष्ट धारणा सार्वजनिक गर्दै, “हामी एउटा यस्तो मोडमा उभिएका छौं, जहाँ सत्य बोल्ने आँट गर्नेलाई पार्टी विभाजन गर्न खोजेको ट्याग लगाइन्छ,” भन्दै पार्टी नेतृत्वप्रति आलोचना गरेका छन्।

उनले अध्यक्ष प्रचण्ड सरकारमा सुशासनका लागि समर्पित भएको समय सम्झाउँदै, मोरङका सांसद डा. सुनिल शर्माले तत्कालीन अर्थमन्त्री अनन्त कमरेडलाई “इतिहासकै उत्कृष्ट अर्थमन्त्री” भनेको प्रसंग स्मरण गरे। तर उनले प्रष्ट पारे — त्यस्तो विरोध र प्रशंसा सामान्य थिएन, त्यो हामी कहाँ उभिएका छौं भन्ने गम्भीर प्रश्न थियो।

पूर्वको नोबेल मेडिकल अस्पतालको सेयर काण्डलाई उदाहरण दिँदै उनले पार्टी भित्रका केही नेताको घृणित चरित्र जनताले बिर्सेका छैनन् भने। “सरकारसँगको ‘भिजिट भिसा’ सहमतिले हामीलाई अन्तर्राष्ट्रिय जगतमा नैतिक रूपमा कमजोर बनायो,” उनको आरोप छ।

नेता मण्डलले आउँदो मंसिरमा हुने विशेष महाधिवेशनलाई “वैचारिक पुनर्जागरणको थलो” बनाउनु पर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार, सत्ताको शीर्ष तहबाटै विचारको केन्द्र भत्काउने योजना चलाइएको छ र पार्टीमा माफियावादी अभ्यास मौलाउँदै गएको छ।

शर्माले उठाएको लोकतान्त्रिक विचारलाई दबाएर माफियालाई बल दिने प्रवृत्ति देखिएको भन्दै मण्डलले चेतावनी दिएका छन् — “न पार्टी जोगिन्छ, न देश।” उनी भन्छन्, “साँचो सुशासन चाकरी र चाप्लुसीमा होइन, जवाफदेहिता र विधिपद्धतिमा आधारित हुन्छ।”

उनले विगतमा केपी शर्मा ओलीलाई विधि मिचेर माफियासँगको दलालीमा सहभागी गराउने गल्तीलाई पनि स्मरण गर्दै भने, “ओली प्रवृत्तिलाई हुर्काउने पात्रहरूको विरुद्ध सशक्त प्रतिवाद गर्नु आजको अनिवार्य राजनीतिक जिम्मेवारी हो।”

नेता मण्डलले वर्तमान समयलाई “आत्मसमीक्षा” को ऐतिहासिक क्षण भन्दै, संविधान संशोधन, आर्थिक पुनःसंरचना, र पार्टी पुनर्गठनलाई अविलम्बको आवश्यकता भएको बताएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending