Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

एनपिएल अनियमितताको छानविन हुन्छ : मन्त्री चौधरी

खबरडबली संवाददाता

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आर्थिक अनियमितताको विषयमा छानविन गरिने बताएको छन् ।

युवा तथा खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एपिएलको विषयमा उच्चस्तरीय समिति गठनको तयारी गरेको जानकारी पनि दिए ।

उनले भने, ‘‘एनपिएलको विषयमा छानविन गर्न गठन गरिएको कार्यदललाई नेपाल क्रिकेट सङ्घघ (क्यान) ले असहयोग गरेकाले अर्को उच्चस्तरीय नयाँ समिति गठन गर्न लागिएको हो । 

उनले एनपिएल कानुन सम्मत सञ्चालन हुनुपर्ने पनि बताए। ‘‘एनपिएल गर्न हुन्न भनेर गलल प्रचार गरिएको छ । मैले कहिल्यै एनपिएल रोक्न खोजेको छैन । अनियमितिताको छानबिन गर्न हुन्न भन्नेहरू नै एनपिएल विरोधी हुन्,’’ मन्त्री चौधरीले भने ।

एनपिएलकोे दोस्रो संस्करण हुने र पहिलो संस्करणको छानविन पनि सँगसँगै अगाडि बढ्ने उहाँको भनाई छ । मन्त्री चौधरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्राचार गरेपछि मन्त्रालयले छानविनका लागि कार्यदल गठन गरेका पनि बताए। 

एनपिएलको नाफा अढाई करोड 
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले एनपिएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपियाँ आम्दानी भएको र २० करोड १५ लाख ७३ हजार ५५९ रुपियाँ खर्च भएको आर्थिक विवरण सार्वजनिक गरेको थियो ।

क्यानले आम्दानी र खर्च कटाएर क्यानलाई कूल मुनामा दुई करोड ४६ लाख ५० हजार ७८९ रुपियाँ भएको जानकारी दिएको थियो ।

१५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा भएको पहिलो संस्करणको एनपिएलमा आर्थिक अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायमा उजुरी परेको छ । 

मन्त्रालयको प्रगति विवरण सार्वजनिक 

पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयको वार्षिक प्रगति विवरण पनि सार्वजनिक गरेको थिए ।

चौधरीले भक्तपुरमा ५० हजार सिट क्षमता भएको अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणको काम अगाडि बढाइएको बताए।  

एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै उनले राष्ट्रिय खेलकुद नीति र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को समसामयिक संशोधनका लागि विधेयक संसदमा दर्ता गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयार भएको, जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि मिसन २०२६ अन्तर्गत १० खेलका ८५ खेलाडी र १९ प्रशिक्षकलाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको बताए। 

यस्तै उनले मूलपानी क्रिकेट रङ्गशाला, काठमाडौँ र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, मोरङको डीपीआर सम्पन्न भएको र कीर्तिपुर क्रिकेट मैदानको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। 

उनले २७ मध्ये १६ खेलकुद सङघले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको र ती सङघलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सरकारले सहजीकरण गर्ने बताए। नेपाल ओलम्पिक कमिटीले गैरकानुनी रूपमा काम गरिरहेको भन्दै छिट्टै अर्को तदर्थ कमिटी गठन गर्ने बताए। 

साथै उनले कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता उचित समयमा गरिनेलगायत कार्यक्रम सार्वजनिक गरेको थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending