काठमाडौँ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आर्थिक अनियमितताको विषयमा छानविन गरिने बताएको छन् ।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एपिएलको विषयमा उच्चस्तरीय समिति गठनको तयारी गरेको जानकारी पनि दिए ।
उनले भने, ‘‘एनपिएलको विषयमा छानविन गर्न गठन गरिएको कार्यदललाई नेपाल क्रिकेट सङ्घघ (क्यान) ले असहयोग गरेकाले अर्को उच्चस्तरीय नयाँ समिति गठन गर्न लागिएको हो ।
उनले एनपिएल कानुन सम्मत सञ्चालन हुनुपर्ने पनि बताए। ‘‘एनपिएल गर्न हुन्न भनेर गलल प्रचार गरिएको छ । मैले कहिल्यै एनपिएल रोक्न खोजेको छैन । अनियमितिताको छानबिन गर्न हुन्न भन्नेहरू नै एनपिएल विरोधी हुन्,’’ मन्त्री चौधरीले भने ।
एनपिएलकोे दोस्रो संस्करण हुने र पहिलो संस्करणको छानविन पनि सँगसँगै अगाडि बढ्ने उहाँको भनाई छ । मन्त्री चौधरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्राचार गरेपछि मन्त्रालयले छानविनका लागि कार्यदल गठन गरेका पनि बताए।
एनपिएलको नाफा अढाई करोड
क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले एनपिएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपियाँ आम्दानी भएको र २० करोड १५ लाख ७३ हजार ५५९ रुपियाँ खर्च भएको आर्थिक विवरण सार्वजनिक गरेको थियो ।
क्यानले आम्दानी र खर्च कटाएर क्यानलाई कूल मुनामा दुई करोड ४६ लाख ५० हजार ७८९ रुपियाँ भएको जानकारी दिएको थियो ।
१५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा भएको पहिलो संस्करणको एनपिएलमा आर्थिक अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायमा उजुरी परेको छ ।
मन्त्रालयको प्रगति विवरण सार्वजनिक
पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयको वार्षिक प्रगति विवरण पनि सार्वजनिक गरेको थिए ।
चौधरीले भक्तपुरमा ५० हजार सिट क्षमता भएको अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणको काम अगाडि बढाइएको बताए।
एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै उनले राष्ट्रिय खेलकुद नीति र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को समसामयिक संशोधनका लागि विधेयक संसदमा दर्ता गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयार भएको, जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि मिसन २०२६ अन्तर्गत १० खेलका ८५ खेलाडी र १९ प्रशिक्षकलाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको बताए।
यस्तै उनले मूलपानी क्रिकेट रङ्गशाला, काठमाडौँ र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, मोरङको डीपीआर सम्पन्न भएको र कीर्तिपुर क्रिकेट मैदानको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनले २७ मध्ये १६ खेलकुद सङघले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको र ती सङघलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सरकारले सहजीकरण गर्ने बताए। नेपाल ओलम्पिक कमिटीले गैरकानुनी रूपमा काम गरिरहेको भन्दै छिट्टै अर्को तदर्थ कमिटी गठन गर्ने बताए।
साथै उनले कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता उचित समयमा गरिनेलगायत कार्यक्रम सार्वजनिक गरेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: