काठमाडौं । ‘गुण्डा नाइके’ का रूपमा परिचित काभ्रेको भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा (जितेन्द्र) विरुद्धको लागुऔषध मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । लामाको सुनुवाइको पेशी न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ ।
२०७१ भदौ २ गते प्रहरीले बौद्ध, नयाँ बस्तीस्थित दिव्य पार्टी प्यालेसको स्वीमिङ पुलबाट दावालाई पक्राउ गर्दा उनीबाट एप्पल कम्पनीको मोबाइल थान(१, सामसुङ कम्पनीको मोबाइल थान १ सहित १४.८० ग्राम खैरो हेरोइन बरामद भएको थियो ।
उक्त मुद्दामा उनीसँगै कञ्चनपुर जिल्ला, महेन्द्रनगर नगरपालिका वडा नं. ४ का प्रवीण खड्का र दार्चुला साविक धारी गाविस-७ का वीरेन्द्रबहादुर कुँवर पनि पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतबाट २०७२ मंसिर २७ मा भएको फैसलाले दावाको हकमा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१) (१) बमोजिम ५ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर गरेको थियो । अरु दुईले सफाइ पाए ।
उक्त फैसलालाई उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्रकुमार शिवाकोटी र रामप्रसाद अधिकारीको इजलासले २०७५ असोज १६ गते सदर गरेको थियो । उच्चको आदेश पुनरावलोकनको माग गर्दै दावाले सर्वोच्चको दिएको रिट निवेदनमाथि आज पेशी तोकिएको हो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: