काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्न प्रतिक्रियावादीहरूले अनेकौँ षड्यन्त्र गरिरहेको बताएका छन् । आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सो क्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीसँग अन्तिम लडाईं लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता गरी नयाँ सङ्कल्प गर्न आवश्यक भएको जिकिर गरे । ‘प्रतिक्रियावादी अपराधीहरूले हाम्रो पार्टीलाई विभाजन गर्न अनेक षड्यन्त्र गर्ने, जालझेल गर्ने, लगानी गर्ने तमाम काम गर्दै आएका छन् । जतिबेला हामी शान्ति सम्झौतामा आयौँ, त्यतिबेलादेखि नै षड्यन्त्र, छलछाम जारी नै छ’, उनले भने, ‘सबै क्रान्तिकारी कम्युनिस्टहरूबिच एकता गर्ने प्रयास गरेका छौँ । तर प्रतिक्रियावादीले ज्यान छोडेर लागेका छन् भन्ने कुरा पनि हामी सबैले बुझ्नुपर्ने हुन्छ । अन्तिम यो मुठभेडमा प्रतिक्रियावादीले जित्ने हो कि क्रान्तिकारी अग्रगामीले जित्ने फैसला अहिले नै भइहालेको छैन । वामपन्थी क्रान्तिकारीलाई एकताबद्ध पारेर प्रतिक्रियावादीलाई प्रतिवाद गर्ने हामीले कोसिस गरेका छौँ ।’
प्रतिक्रियावादी जाली फटाहाहरूले सहिदलाई अपमानित गर्ने, अवमूल्यन गर्ने निकै ठुलो कसरत गरिराखेकाले सचेत हुँदै अगाडि बढ्न बढ्नुपर्ने उनको भनाइ छ । ‘हिजो जनतामा भ्रम छर्ने । क्रान्तिकारीलाई घेरा हाल्ने । निर्मम र नृशंस तरिकाले हत्या गर्ने । महिलाहरूमाथि चरम यातना र बलात्कारको बिभिसिका खडा गर्ने तत्वहरुले हामीलाई अहिले पनि कसरत गरिरहेका छन् । पछिल्लो केन्द्रीय समिति बैठकले सहिद, बेपता तथा घाइते परिवारको योगदानलाई जुन रूपमा पार्टीले सम्मान गर्नुपर्थ्यो, त्यसमा कमी भएको महसुस गरिएको छ । हामी प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध अगाडी बढ्ने जमर्को गरेका छौँ । फेरि एकचोटी नयाँ आन्दोलन र विद्रोहले जन्म लिँदैछ भन्ने सङ्कल्प सहित अगाडि बढिरहेका छौँ’, उनले भने ।
प्रचण्डले पार्टीको जारी स्थायी समिति बैठकमा छलफल र पार्टी एकतालाई अझ बलियो बनाउन बोत्ले हत्याकाण्डले सकारात्मक योगदान पुर्याउने विश्वास लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: