काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्न प्रतिक्रियावादीहरूले अनेकौँ षड्यन्त्र गरिरहेको बताएका छन् । आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सो क्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीसँग अन्तिम लडाईं लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता गरी नयाँ सङ्कल्प गर्न आवश्यक भएको जिकिर गरे । ‘प्रतिक्रियावादी अपराधीहरूले हाम्रो पार्टीलाई विभाजन गर्न अनेक षड्यन्त्र गर्ने, जालझेल गर्ने, लगानी गर्ने तमाम काम गर्दै आएका छन् । जतिबेला हामी शान्ति सम्झौतामा आयौँ, त्यतिबेलादेखि नै षड्यन्त्र, छलछाम जारी नै छ’, उनले भने, ‘सबै क्रान्तिकारी कम्युनिस्टहरूबिच एकता गर्ने प्रयास गरेका छौँ । तर प्रतिक्रियावादीले ज्यान छोडेर लागेका छन् भन्ने कुरा पनि हामी सबैले बुझ्नुपर्ने हुन्छ । अन्तिम यो मुठभेडमा प्रतिक्रियावादीले जित्ने हो कि क्रान्तिकारी अग्रगामीले जित्ने फैसला अहिले नै भइहालेको छैन । वामपन्थी क्रान्तिकारीलाई एकताबद्ध पारेर प्रतिक्रियावादीलाई प्रतिवाद गर्ने हामीले कोसिस गरेका छौँ ।’
प्रतिक्रियावादी जाली फटाहाहरूले सहिदलाई अपमानित गर्ने, अवमूल्यन गर्ने निकै ठुलो कसरत गरिराखेकाले सचेत हुँदै अगाडि बढ्न बढ्नुपर्ने उनको भनाइ छ । ‘हिजो जनतामा भ्रम छर्ने । क्रान्तिकारीलाई घेरा हाल्ने । निर्मम र नृशंस तरिकाले हत्या गर्ने । महिलाहरूमाथि चरम यातना र बलात्कारको बिभिसिका खडा गर्ने तत्वहरुले हामीलाई अहिले पनि कसरत गरिरहेका छन् । पछिल्लो केन्द्रीय समिति बैठकले सहिद, बेपता तथा घाइते परिवारको योगदानलाई जुन रूपमा पार्टीले सम्मान गर्नुपर्थ्यो, त्यसमा कमी भएको महसुस गरिएको छ । हामी प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध अगाडी बढ्ने जमर्को गरेका छौँ । फेरि एकचोटी नयाँ आन्दोलन र विद्रोहले जन्म लिँदैछ भन्ने सङ्कल्प सहित अगाडि बढिरहेका छौँ’, उनले भने ।
प्रचण्डले पार्टीको जारी स्थायी समिति बैठकमा छलफल र पार्टी एकतालाई अझ बलियो बनाउन बोत्ले हत्याकाण्डले सकारात्मक योगदान पुर्याउने विश्वास लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - २०:०९
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...
माघ ६ गते, २०८२ - १९:५६
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...
माघ ६ गते, २०८२ - १९:४०
मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...
माघ ६ गते, २०८२ - १९:२२
बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...
माघ ६ गते, २०८२ - १९:१२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...




प्रतिकृया लेख्नुहोस्: