याङ्गुन। म्यान्माको सेनाप्रति बफादार (जुन्टा) सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दा तथा सशस्त्र विपक्षी समूहका प्रवक्ताले बताएका छन् ।
सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेयता म्यान्मालाई गृहयुद्धले तहसनहस पारेको छ । म्यानमाका प्रजातन्त्र समर्थक समूहहरूले लामो समयदेखि सक्रिय जातीय सशस्त्र समूहहरूसँग नागरिकका सार्वजनिक सरोकारका विषयमा ठाउठाउमा सहकार्य गरिरहेका छन् ।
रूबी व्यापारको केन्द्रसहित मोगोक शहरसहित धेरै क्षेत्रहरूमा सेनाको कारबाहीका सुरुमा खासै प्रभाव नपारेपनि सन् २०२३ को अन्त्यमा सुरु भएको संयुक्त आक्रमणले मोगोकसहित धेरै क्षेत्रहरू कब्जा गर्न सफल भएको छ ।
म्यान्मार बहुमूल्य पत्थर र दुर्लभ खनिज तत्वहरूका लागि धनी मानिन्छ । सेनाले उक्त क्षेत्रमा आफ्नो उपस्थिति देखाउन चिनियाँ हतियारको सहयोग लिएको छ ।
सुरक्षाको कारण देखाउँदै नाम नबताउने शर्तमा एक स्थानीयले स्थानीय समयअनुसार बिहान ८:१५ बजे भएको आक्रमणमा परी सात जनाको घटनास्थलमा नै मृत्यु भएको र छ जना घाइतेको उपचारका क्रममा मृत्यु भएको बताए ।
उनका अनुसार मृत्यु हुनेमा भिक्षा माग्ने एक बौद्ध भिक्षु र एउटै मोटरसाइकलमा सवार एक बाबु र छोरासमेत रहेका छन् ।
उनले भने, “सो क्षेत्रबाट अघि बढिरहेको एउटा कारलाई पनि आक्रमणबाट ठक्कर लागेको र चालकसहित सात जना घाइते भएका छन् ।
गत ग्रीष्मऋतुदेखि मोगोक कब्जामा रहेको ताआङ नेसनल लिबरेशन आर्मीका एक प्रवक्ताले मृतकको सङ्ख्या १३ पुगेको र १४ जना घाइते भएको बताए ।
प्रवक्ता ल्वे याय ओले भने, “बिहानको समयमा सार्वजनिक स्थलमा हवाई आक्रमण भएको थियो । सडकमा धेरै मानिसहरू हिँडिरहेका थिए, त्यसैले धेरै मानिसहरू मारिएका आशङ्का गरिएको छ ।”
सुरुमा विद्रोहीहरूको संयुक्त आक्रमणबाट सेना पछि हटेपनि तर पछिल्लो समय सेनाले आफ्नो सङ्ख्या बढाएको र उक्त क्षेत्रमा नियन्त्रण लिएको छ ।
म्यान्माको मध्य भागमा रहेको थाबेइकिन सुन खानी केन्द्रसहित केही महत्वपूर्ण बस्तीलाई सेनाले हालै पुन: कब्जामा लिएको छ ।
चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थ गरेपछि घोषणा गरिएको आपतकालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ र डिसेम्बरमा हुने निर्वाचनलाई द्वन्द्वका लागि तयारीको रणनीतिको संज्ञा दिएको छ ।
यद्यपि, सुकी अझै पनि जेलमा रहेका बेला अपदस्थ सांसदहरूलगायत विपक्षी समूहहरूले निर्वाचन बहिष्कार गरिरहेका छन्। गत जुनमहिनामा संयुक्त राष्ट्रसङ्घका एक विज्ञले यो अभ्यासलाई जुन्टाको निरन्तर शासनलाई वैधता प्रदान गर्न बनाइएको ‘जालसाजी’ को संज्ञा दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - ११:२७
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...
श्रावण १२ गते, २०८३ - ११:१०
दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...
श्रावण १२ गते, २०८३ - १०:५६
इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...
श्रावण १२ गते, २०८३ - १०:४७
हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...
श्रावण १२ गते, २०८३ - १०:३६
झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...



प्रतिकृया लेख्नुहोस्: