बैतडी । जङ्गली जनावरले मकै बालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरूको बास खेतबारीमै हुन थालेको छ ।
बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकै बालीमा क्षति पुर्याउने गरेको छ । दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकै बाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए । मकै बाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ ।
उनले भने, “रातदिन जाग्राम बस्दासमेत मकै बाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकै बाली जोगाउन सकिएको छैन ।” भर्खरै घोगा लाग्न लागेको मकै बाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरूमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए ।
बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ ।
ती स्थानीय तहमा किसानलाई मकै बाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताइन् । हरेक वर्ष मकै बालीमा जङ्गली जनावरले क्षति पुर्याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताए । उनले भने, “मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जङ्गली बँदेलले मकै बाली नष्ट गर्ने गरेको छ । रातभरि जाग्राम बस्दासमेत मकै बाली जोगाउन धौ–धौ परेको छ । हरेक वर्ष मकै बाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ ।”
बैतडीमा १२ हजार एक सय हेक्टरमा मकै खेती गरिन्छ । जङ्गली जनावरकै कारण मकै खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...




प्रतिकृया लेख्नुहोस्: