Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

उच्च रक्तचाप भएकाले के खाने, के नखाने ?

आस्था कार्की

उच्च रक्तचाप हुने विभिन्न कारण छन् । त्यसमध्ये एउटा प्रमुख कारण हो, खानपान । कति यस्ता खानेकुरा छन्, जसले रक्तचाप बढाउँछ । चुरोट, रक्सी, प्रशोधिन खानेकुरा, बढी चिल्लो र बढी नुन भएको खाना आदि उच्च रक्तचाप बढाउने खानेकुरा हुन् । रक्तचाप नियन्त्रणमा राख्ने सबैभन्दा ठूलो औषधि हो, सही खानपान । त्यसैले उच्च रक्तचापको समस्यामा औषधिले रक्तचाप नियन्त्रण हुन्छ तर त्यससँगै खानपान पनि बदल्नुपर्ने हुन्छ ।

उच्च रक्तचापमा के खाने ?
उच्च रक्तचाप नियन्त्रण गर्न पोटासियम, म्याग्नेसियम, क्याल्सियम र फाइबरयुक्त खानेकुरा उपयुक्त हुन्छन् । यस्ता खानेकुराले रक्तनलीलाई आराम दिछ, सोडियमको प्रभाव कम गर्न र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

पोटासियमयुक्त खानेकुरा

पोटासियमले शरीरमा सोडियमको स्तर सन्तुलनमा राख्छ र रक्त नलीको तनाव कम गर्छ ।

फलफूल

सुन्तला, मौसम, मेवा, खरबुजा, एभोकाडो, अमला, स्याउ, नासपती

तरकारी

पालुङ्गो, ब्रोकाउली, बन्दागोभी, चुकन्दर, गाँजर, लौका, फर्सी, करेला, टमाटर, काँक्रो ।

क्याल्सियम र म्याग्नेसियमयुक्त खानेकुरा

क्याल्सियम र म्याग्नेसियमले रक्तनलीलाई स्वस्थ राख्छ र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

क्याल्सियमः कम चिल्लो भएको दूध, दही, मोही, पनिर, तोफु ।

म्याग्नेसियमः  भटमास, गेडागुडी, हरियो साग, ओखर, बदाम ।

फाइबरयुक्त खानेकुरा

फाइबरले कोलेस्ट्रोल र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

अन्नः कोदो, फापर, ब्राउन राइस, क्विन्वा ओट्स ।

गेडागुडीः मुसुरो, राजमा, बोडी, चना ।

सागसब्जीः पालुङ्गो, रायो, ब्रोकाउली, स्याउ।

स्वस्थ प्रोटिन

प्रोटिनले मांसपेशी र रक्तनलीलाई बलियो बनाउँछ ।

छाला हटाएको कुखुराको मासु, सिजनल माछा, अण्डा दिनमा १–२ वटा, तोफू, गेडागुडी ।

नट्स र सिड्स

नट्स र सिड्समा स्वस्थ फ्याट र म्याग्नेसियम हुन्छ ।

नट्सरसिड्सः आलस तिल, फर्सीको बीउ, चिया सिड, ओखर, बदाम ।

स्वस्थ तेल

स्वस्थ तेलले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा सहयोग गर्छ ।

तेलः खाना बनाउँदा शुद्ध तोरीको तेल, ओलिभ आयल प्रयोग गर्ने ।

मसला र जडीबुटी

केही मसलाले रक्तनलीलाई आराम दिन्छ र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

मसलाः लसुन, अदुवा, बेसार, दालचिनी, तुलसी, मरिच ।

पेय पदार्थ

स्वस्थ पेयले हाइड्रेशन र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

नरिवल पानी, चुकन्दरको जुस, कागती पानी, तुलसीरदालचिनी चिया, बेसार(दूध ।

के नखाने ?

उच्च रक्तचापमा केही खानेकुराले रक्तचाप बढाउन सक्छ र जटिलता निम्त्याउन सक्छ । त्यसैले यी खानेकुरालाई पूर्णरूपमा बन्द गर्ने वा सकेसम्म कम खानुपर्छ ।

उच्च सोडियमयुक्त खानेकुरा

प्याकेट बन्द खाना स् चाउचाउ, चिप्स, प्याकेट सुप, क्यानमा पाइने टुना, बेक्ड बिन्स बजारको अचार, सोया सस । घरमै अचार बनाउँदा पनि नुन र तेल कम प्रयोग गर्नुपर्छ ।

प्रशोधित मासुः ससेज, ह्याम, बेकन

अस्वस्थ चिल्लोः तारेको फास्ट फुड पिज्जा, बर्गर, फ्रेन्च फ्राइज, रातो मासु बोसोयुक्त, बेकरी आइटम केक, कुकीज, पेस्ट्री ।

गुलियो र प्रशोधित खानेकुराः कोल्ड ड्रिंक्स, एनर्जी ड्रिङ्क, मिठाई, चिनीयुक्त जुस, चकलेट ।

अत्यधिक क्याफिनः कफी, चिया दिनमा १ कपमा सीमित गर्नुपर्छ । क्याफिनले रक्तचाप तत्काल बढाउन सक्छ, त्यसैले सावधानी अपनाउनुपर्छ ।

रक्सी र चुरोटः रक्सी, चुरोट र सुर्तीजन्य पदार्थले रक्तनलीलाई साँघुरो बनाउँछ, त्यसैले यस्ता कुरा सेवन गर्न पूर्ण रूपमा छाड्नुपर्छ ।

उच्च रक्तचापका लागि एक दिनको नमुना डाइट चार्ट

बिहान

१ गिलास मनतातो पानीमा आधा कागती निचोरेर (ग्यास्ट्रिक छैन भने)वा १ गिलास नरिवल पानी वा १ गिलास चुकन्दरको जुस वा १ गिलास मनतातो पानीमा १ चम्चा आलसको धुलो वा टुसाएको मेथीको बीउ ।

बिहानको खाजा

१ कचौरा कोदो र फापरको खोले लसुन र अदुवाले झानेर । वा, १–२ वटा उमालेको अण्डा पहेँलो भागसहित वा १ कचौरा ओट्स नुन कम, हरियो साग मिसाएर ।

३–४ चम्चा पालुङ्गो, ब्रोकाउली वा अन्य हरियो साग पोटासियम र फाइबरका लागि ।

चुकन्दर, गाजर, टमाटर, काँक्रोको सलाद

१ कप कम चिल्लो भएको दही वा मोही ।

बिहानको खाना

१ कचौरा ब्राउन राइस, चिनो, वा कोदो÷फापरको भात ।

१ कचौरा मुसुरोररहरको दाल, पोटासियम र फाइबरको लागि ।

३–४ चम्चा हरियो साग पालुङ्गो, रायो, वा अन्य करेला, लौका वा फर्सी कम क्यालोरी, उच्च पोटासियमका लागि ।

१ कचौरा टमाटर, चुकन्दर, वा गाजरको सलाद ।

१र२ टुक्रा छाला हटाएको चिकेन, तोपु, वा सिजनल माछा वा १ कचौरा गेडागुडी जस्तैः राजमा, बोडी ।

दिउँसोको खाजा

१ केरा, १ सुन्तला, १ किवी, वा आधा मेवा, पोटासियम र फाइबरका लागि ।

१ मुठ्ठी भुटेको तिल, चना वा आलस नुन नहालेको वा २–३ वटा ओखर

१ गिलास नरिवल पानी वा मोही कम चिल्लो भएको ।

साँझको स्न्याक्स

१ स्याउ, आधा एभोकाडो, वा १ सुन्तला ।

१ मुठ्ठी फर्सीको बीउ वा भुटेको चना नुन नहालेको ।

१ कप कागतीको चिया वा तुलसीको चिया बिना चिनी ।

रातिको खाना

१ कचौरा तरकारीको सुप तोफु, पालुङ्गो वा ब्रोकाउली मिसाएर वा १ कचौरा हल्का भात ब्राउन राइस ।

१–२ टुक्रा छाला हटाएको चिकेन वा सिजनल माछा ।

तरकारी, साग ३–४ चम्चा हरियो साग पालुङ्गो, ब्रोकाउली वा करेला ।

सलादमा चुकन्दर, टमाटर वा गाजरको सलाद नुन कम वा बिनानुन ।

थप सुझाव र सावधानी

उच्च रक्तचापको समस्यामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । दिनमा ५–६ ग्राम १ चम्चा भन्दा कम नुन प्रयोग गर्नुपर्छ । घरको अचार बनाउँदा नुन र तेल कम प्रयोग गर्नुपर्छ ।

रेस्टुरेन्टको खाना र प्याकेट बन्द खानामा नुनको मात्रा धेरै हुन्छ, त्यसैले त्यस्ता खाना भन्दा सकेसम्म घरमै बनेको खाना खानुपर्छ ।

दिनमा २–३ लिटर पानी पिउनुपर्छ । यसले सोडियमलाई पातलो बनाउँछ र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

खानालाई उमालेर, बफाएर, ग्रिल गरेर वा हल्का भुटेर खाना बनाउनुपर्छ । तेलमा तार्ने र डिप–फ्राइङ गर्नु हुँदैन ।

दैनिक ३०–४० मिनेट हल्का व्यायाम हिँड्ने, योग, साइक्लिङ गर्नुपर्छ ।

रक्तचाप नियन्त्रणका लागि प्राणायाम गहिरो सास लिने अभ्यास र ध्यान उपयोगी हुन्छ ।

तनावले रक्तचाप बढाउन सक्छ । त्यसैले तनाव नियन्त्रण गर्न ध्यान, योग, गहिरो सास लिने अभ्यास वा रमाइलो गतिविधिमा संलग्न हुनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending