Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

खबरडबली संवाददाता

काठमाडौँ। दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ । 

यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने  बर्दियाको मानपुरमा एक सय ६७ मिलिमिटर वर्षा भएको छ । बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ । दाङमा पछिल्लो एक घण्टामै २५ मिलिमिटरभन्दा बढी वर्षा भएको छ । 

जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिए। यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । 

वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उनले बताए। यद्यपि मनसुन न्यूनचापीय प्रणालीको असर भने नेपालभरि नै छ ।  जसका कारण अझै केही दिन मनसुन सक्रिय भइरहनेछ । 

पछिल्लो छ घण्टामा मात्र दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा, बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अन्य साना खोलामा आकस्मिक बाढी तथा  होचा भूभागमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । 

देशभर अधिकांश बदली छ । लुम्बिनी प्रदेशका अधिकांश स्थान, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएको महाशाखाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले महाधिवेशन निर्वाचनका लागि आयोग र समिति परिचालन गर्‍यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन आयो...

घण्टी बजाएर रास्वपा महाधिवेशन उद्घाटन, रवि-बालेनसँगै गगनले पनि बजाए घण्टी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर गरेका...

रास्वपा महाधिवेशन चितवनमा सुरु, गर्मी र भीडबीच वर्षाले राहत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आजदेखि भरतपुर मा सुरु भएको छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू स...

रास्वपाको पहिलो महाधिवेशन चितवनमा सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भरतपुर मा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र महामन्त्री काबिन्द्र बुर्लाकोटील...

भारतमा कार दुर्घटना, नेपाली युवाको मृत्यु

बिर्तामोड। भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा  बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किदै गर्दा बाग्मती प्रदेश ०१०३...

पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ: मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु हुँदै गर्दा संस्थापक सदस्य मुकुल ढकाल भने सहभागी भएका छैनन्। महाधिवेशन चितव...

आँपको मूल्य निर्धारण नहुँदा किसान समस्यामा

लहान। आँपको राजधानी मानिएको लहानमा लाग्ने आँप बजार व्यवस्थित नरहेको समस्या त छ नै । बजार पूर्ण रुपमा विचौलियाहरुको नियनत्रणमा हुनु र मूल्य निर्धारण नह...

रास्वपा महाधिवेशनमा सहभागी हुन गगन थापा चितवन पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन त्यहाँ पु...

बिर्तामोडमा बर्षाले ३ तले घर भासियो

बिर्तामोड। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड –५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीन तले घर भासिएको छ ।  ७० वर्...

प्रधानमन्त्री बालेनको लागि चितवनको लटौली सेन्चुरी रिसोर्ट बुक, कति दिन बस्छन् ?

चितवन । प्रधानमन्त्री बालेन शाह आइतबार चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending