मनाङ। हाल देशैभरि मनसुनी वर्षा भइरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले सर्वसाधारणमा अपिल गरेको छ ।
जिल्लाभर सानातिना छुटफुट घटनाबाहेक अन्य दुर्घटना नभएको तर मनसुनी वर्षाको समयावधि अझै बाँकी नै रहेको र वर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो, डुबानजस्ता प्रकोप आइपर्ने भएकाले सतर्कता अपनाउन जिल्लावासीमा अनुरोध गरेको छ ।
विगत केही दिनदेखि मनाङमा पनि वर्षा भइरहेको छ । वर्षाका कारण खोलानालाहरूमा पानीको बहाब बढेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले मनाङ ङिस्याङ गाउँपालिकाको मनाङ र खाङसार जोड्ने मर्स्याङ्दी नदीको पुल केही होचो भएकाले नदीमा पानीको सतह बढ्नुका साथै पुल छुने वा पुलमाथिबाट पानी बहने भएकाले त्यस स्थानमा रहेका केही अवरोध हटाउने कामसमेत भएको बताए।
बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ क्षेत्रमा पर्ने हावाडाँडामा पहिरो खसिरहने भएकाले बेँसीसहर–चामे सडक केही घण्टा बन्द हुने र खुल्ने भइरहेको छ । बेँसीसहर–चामे सडक अवरुद्ध हुन नदिन लमजुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको पनि प्रजिअ आचार्यले बताए । वर्षा र पहिरोका कारण विद्युत् आपूर्ति बन्द हुने क्रम बढेकाले त्यसका लागि विद्युत् प्राधिकरण मनाङ र लमजुङलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा अङ्गका प्रमुखहरूसँग टेलिफोन सम्पर्क गरी जिल्लाको वर्तमान अवस्थाको जानकारी लिनु भएको छ । सांसद गुरुङले मनसुनजन्य प्रकोपबाट हुन सक्ने दुर्घटनाहरूलाई नजरअन्दाज गर्न नहुने भन्दै सर्तकता अपनाउनका साथै उद्धार र राहतका लागि पनि चौबीसै घण्टा तैनाथ रहन निर्देशन दिएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १२:०४
चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आइतबार बिहान चितवन पुगेका...
आषाढ़ ७ गते, २०८३ - ११:४८
वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ...
आषाढ़ ७ गते, २०८३ - ११:२३
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ ह...
आषाढ़ ७ गते, २०८३ - ११:१२
चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। सभापति थाप...
आषाढ़ ७ गते, २०८३ - १०:५३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...



प्रतिकृया लेख्नुहोस्: