काठमाडाैं । नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने भएको छ ।
यो प्रदर्शनी नेपालको दिगो, स्मार्ट र भविष्यमुखी गतिशीलताको प्रतिबिम्बका रूपमा आयोजना हुँदैछ । नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको समग्र पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने नारासहित यो शोले अटोमोटिभ उद्योगको नवप्रवर्तन प्रदर्शन गर्नेछ ।
नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार, शोमा उन्नत चारपाङ्ग्रे रोबोट र भविष्यको सहरी हवाई गतिशीलताको पहिलो झलक प्रदर्शन गरिनेछ, जसले स्वचालन र बुद्धिमत्ताको नयाँ युगलाई प्रतिनिधित्व गर्नेछ ।
प्रदर्शनीमा १९ चारपाङ्ग्रे सवारी ब्रान्ड, १३ हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ दुईपाङ्ग्रे सवारी ब्रान्ड र ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था) सहभागी हुनेछन् । चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवाहरूको प्रदर्शन हुनेछ । टिकट खल्ती एपमार्फत अग्रिम बुकिङ गर्न सकिनेछ ।
शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । आयोजकका अनुसार, १ लाखभन्दा बढी अवलोकनकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ । ३ लाख वर्गफुट क्षेत्रफल र एक लाख ६२ हजार पाँचसय वर्गफिटमा प्रदर्शनी क्षेत्रसहित यो नेपालको हालसम्मकै सबैभन्दा ठूलो अटो शो हुने दाबी गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: