बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/०८२ मा एक अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी मोहनप्रसाद आचार्यका अनुसार, कार्यालयले लक्ष्यको ८७.९७ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।
कुल एक अर्ब सात करोड ६६ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । सूचना अधिकारी आचार्यले भने, “सरकारले तोकेको आन्तरिक राजस्व सङ्कलनको बजेटअनुसार लक्ष्य निर्धारण गरिएको थियो । गत आर्थिक वर्षमा कार्यालयले एक अर्ब २२ करोड ३९ लाख २० हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो, तर ८७ प्रतिशत मात्रै सङ्कलन गर्न सकियो ।”
गत आर्थिक वर्ष २०८१/०८२ मा आयकर ६० करोड १० लाख ३५ हजार रुपियाँ, भाडा आयकर १ करोड ५३ लाख ४० हजार रुपियाँ, ब्याज कर १० करोड ४१ लाख ४५ हजार रुपियाँ, मूल्य अभिवृद्धि कर (आन्तरिक) २९ करोड ७३ लाख ५४ हजार रुपियाँ, आन्तरिक उत्पादन शुल्क ५ करोड ८५ लाख ५३ हजार रुपियाँ, शिक्षा कर ३ हजार रुपियाँ र अन्य कर २ लाख रुपियाँ सङ्कलन भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ९६ करोड ७६ लाख ५० हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १० करोड ८९ लाख ८० हजार रुपियाँ बढी राजस्व सङ्कलन भएको आचार्यले बताए ।
गत आर्थिक वर्षमा कार्यालयले करको दायरा विस्तार गर्दै व्यवसायिक आयकर २ हजार १२३, व्यक्तिगत आयकर एक हजार ७४६, डब्लुप्यान १२८, मूल्य अभिवृद्धि कर १४९ र अन्तशुल्क १६४ वटा नयाँ दर्ता गरेको छ । हालसम्म कार्यालयमा व्यवसायिक आयकर ३० हजार ७४९, व्यक्तिगत आयकर ५९ हजार १९७, डब्लुप्यान एक हजार ३३१, मूल्य अभिवृद्धि कर दुई हजार ३०५ र अन्तशुल्क दुईहजार ०४० वटा दर्ता भएको आचार्यले बताए ।
कार्यालयले आयकरतर्फ ६ र मूल्य अभिवृद्धि करतर्फ १२ गरी १८ करदातामाथि कानुनी कारबाही गरी ५४ लाख ५९ हजार रुपियाँ सङ्कलन गरेको छ । साथै, १३८ करदाताको द्रुत छानबिनबाट २४ लाख ५७ हजार रुपियाँ कर असुली भएको छ । कार्यालयले ३४ करोड १३ लाख ७६ हजार रुपियाँ बेरुजुमध्ये २२ करोड ५२ लाख ९३ हजार रुपियाँ फर्छ्यौट गरी सम्परीक्षणका लागि मालेप कार्यालयमा पठाएको छ । जसमध्ये ४ करोड ७१ लाख ३१ हजार रुपियाँ बेरुजु सम्परीक्षण भइसकेको छ ।
आयकरतर्फ २ करोड २८ लाख ३२ हजार रुपियाँ र मूल्य अभिवृद्धि करतर्फ ३ करोड १९ लाख १० हजार रुपियाँ बक्यौता असुली गरिएको छ । कुल बक्यौता मिलान ४ करोड १३ लाख ९६ हजार रुपियाँ भएको छ, जसमा आयकरतर्फ २ करोड ६० लाख ७६ हजार र मूल्य अभिवृद्धि करतर्फ १ करोड ५३ लाख २० हजार समावेश छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: