काठमाडौं । देशभर अविरल वर्षाका कारण आज काठमाडौँसहित ३५ जिल्लामा साना तथा ठूला नदीहरूमा आकस्मिक बाढीको सम्भावना देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाले ती जिल्लाका नदी/खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाउँदै सर्वसाधारणलाई सतर्क रहन सुझाव दिएको छ।
बिहान गरिएको मापन अनुसार कर्णाली, महाकाली र बबई नदीको बहाव सतर्कता तह नजिकै पुगेको छ। त्यसैगरी, कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र कन्काई नदीको बहाव हाल सतर्कता तहभन्दा तल भए पनि तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कैलाली र कञ्चनपुर जिल्लाका नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले यी दुई जिल्लालाई रेड अलर्टमा राखिएको छ। यता दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम-पश्चिम, सल्यान, सुर्खेत, दैलेख लगायतका जिल्लामा पनि साना नदीमा बहाव बढ्ने र मध्यमदेखि उच्च जोखिम रहेको उल्लेख छ। यी जिल्लामा येलो अलर्ट जारी गरिएको छ।
त्यस्तै संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी (पूर्व र पश्चिम), कपिलवस्तु, खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी र दार्चुला जिल्लामा मध्यम जोखिम रहेको उल्लेख गर्दै बाढी महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
सावधानीका लागि सुझाव:
- नदी किनार आसपास नजान अनुरोध
- स्थानीय प्रशासन तथा मौसम पूर्वानुमानको जानकारीमा रहन आग्रह
- आकस्मिक अवस्थामा सुरक्षित स्थानमा सर्ने तयारी राख्न सुझाव
बाढीको जोखिम बढ्दै गएको भन्दै सम्बन्धित निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: