Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

काठमाडौँसहित यी ३५ जिल्लामा आउनसक्छ आकस्मिक बाढी, सतर्क रहन आग्रह

खबरडबली संवाददाता

काठमाडौं । देशभर अविरल वर्षाका कारण आज काठमाडौँसहित ३५ जिल्लामा साना तथा ठूला नदीहरूमा आकस्मिक बाढीको सम्भावना देखिएको छ। 

बाढी पूर्वानुमान महाशाखाले ती जिल्लाका नदी/खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाउँदै सर्वसाधारणलाई सतर्क रहन सुझाव दिएको छ।

बिहान गरिएको मापन अनुसार कर्णाली, महाकाली र बबई नदीको बहाव सतर्कता तह नजिकै पुगेको छ। त्यसैगरी, कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र कन्काई नदीको बहाव हाल सतर्कता तहभन्दा तल भए पनि तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कैलाली र कञ्चनपुर जिल्लाका नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले यी दुई जिल्लालाई रेड अलर्टमा राखिएको छ। यता दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम-पश्चिम, सल्यान, सुर्खेत, दैलेख लगायतका जिल्लामा पनि साना नदीमा बहाव बढ्ने र मध्यमदेखि उच्च जोखिम रहेको उल्लेख छ। यी जिल्लामा येलो अलर्ट जारी गरिएको छ।

त्यस्तै संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी (पूर्व र पश्चिम), कपिलवस्तु, खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी र दार्चुला जिल्लामा मध्यम जोखिम रहेको उल्लेख गर्दै बाढी महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

सावधानीका लागि सुझाव:

- नदी किनार आसपास नजान अनुरोध
- स्थानीय प्रशासन तथा मौसम पूर्वानुमानको जानकारीमा रहन आग्रह
- आकस्मिक अवस्थामा सुरक्षित स्थानमा सर्ने तयारी राख्न सुझाव

बाढीको जोखिम बढ्दै गएको भन्दै सम्बन्धित निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा निर्वाचन- आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले द...

देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

काठमाडौँ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडे...

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending