काठमाडाैं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संसदभित्रको निषेध, विभेद र सिन्डिकेटका कारण लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले तटस्थ र सम्मानित मानिने सभामुखसमेत ‘हल्का’ र ‘विवादित’ बन्दै गएको उल्लेख गरे ।
‘संसद आजकाल संसदजस्तो देखिँदैन । संसदभित्रका नकारात्मक गतिविधिले यसको गरिमा घट्दै गएको छ । तटस्थ र सम्मानित सभामुखसमेत विवादित र हल्का बन्दै गएको हामीले देखिरहेका छौँ,’ उनले भने, ‘संसदभित्रको निषेध, विभेद र सिन्डिकेटले समग्र लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ ।
राज्य र सरकारलाई नियमन गर्ने सर्वोच्च निकाय संसदमा निषेध कति उचित छ भन्ने प्रश्न गर्न चाहन्छु ।’ साना दलहरूलाई संसदमा निषेध गरिएको भन्दै उनले एक सिट भएका तीन दललाई कार्य व्यवस्था परामर्श समितिमा किन बेवास्ता गरिएको भन्दै जवाफ मागे ।
‘संवैधानिक समितिहरू, सार्वजनिक सुनुवाइ समितिलगायतमा एक सिट भएका सांसदलाई निषेध गरिएको छ । के त्यसलाई लोकतन्त्र भनिन्छ ? यो निषेध होइन भने के समानता हो ?’ उनले प्रश्न गरे ।
ठूला दलका सांसदले संसद् अवरुद्ध गर्दा तुरुन्तै प्रभाव पर्ने, तर दुई दलले ७० दिनदेखि संसद् बहिष्कार गर्दा पनि कुनै असर नपर्ने भन्दै साहले सरकार र ठूला दलको अहंकारका कारण बहिष्कार गर्ने दलहरूसँग वार्ता नगरेको टिप्पणी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: