Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज

खबरडबली संवाददाता

चितवन ।  वर्षातको समयमा हुन सक्ने चोरीशिकार नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज वर्षे रणनीतिका साथ जुटेको छ । वर्षात्को समयमा निकुञ्जको सबै भूभागमा सहज रूपमा पुग्न कठिन हुने भएकाले सोही अनुसारको रणनीति तयार गरी निकुञ्ज सुरक्षामा जुटेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार निकुञ्जभित्रको संवेदनशील ३० ठाउँमा ‘स्पाई क्यामरा’ जडान गरिएको छ । नियमित रूपमा क्यामरामार्फत वरपरको अवस्थाका बारेमा नियमन गर्ने काम भइरहेको उनले बताए ।

निकुञ्जभित्र सडक सञ्जाल बिग्रने भएकाले यो समयमा पर्यटकका लागि जिप सफारीसमेत बन्द गरिएको जनाउँदै उनले झाडी बढ्ने भएकाले पैदल र गाडीबाट कतिपय ठाउँमा गस्ती गर्न कठिन हुने भएपछि ती ठाउँमा अधिकतम हात्तीको प्रयोग गर्न थालिएको उल्लेख गरे । ‘निकुञ्जभित्र ५८ वटा पोष्ट छन् । ती पोष्टमा निकुञ्जको सुरक्षार्थ खटिएका नयाँ गोरख गणका सेना र निकुञ्जका कर्मचारी बस्छन् । करिब आधा पोष्टमा सुरक्षाका लागि हात्ती राखिएको छ । ती हात्तीमार्फत निकुञ्जमा गस्ती गरिन्छ’, सूचना अधिकारी मगरले भने । अहिले हात्ती र डुङ्गाको गस्ती बढाइएको उनको भनाइ छ ।

‘राप्ती र नारायणी नदीमा डुङ्गामार्फत गस्ती गरिन्छ । रात बिताउने गरी गस्ती गरिने ठाउँहरू यो समयमा बढाइएको छ । यसलाई ‘एम्बुस’ भनिन्छ । यो टोली मचानहरूमा बसेर निकुञ्जको सुरक्षा गर्छन्’, मगरले भने ।

दैनिक रूपमा पैदल, साइकल, कतिपय अवस्थामा मोटरसाइकल र गाडीबाट गरिने नियमित गस्ती निरन्तर भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । यसका अतिरिक्त मध्यवर्ती क्षेत्रमा स्थानीय उपभोक्ता समिति र चोरीशिकार नियन्त्रण युवा समूहमार्फत चोरीशिकार नियन्त्रणको काम भइरहेको थापामगरले जानकारी दिए । उनका अनुसार ड्रोनमार्फत पनि खुल्ला ठाउँहरूमा गस्ती भइरहेका छन् । 

यो निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुका लागि प्रख्यात मानिन्छ । यहाँ बाघ र गैँडा हेर्न स्वदेश तथा विदेशबाट पर्यटक आउने गर्दछन् । वर्षात्को समयमा सामुदायिक वनहरूमा मात्रै जिप सफारी हुने गर्दछ । निकुञ्जमा मानव चहलपहल कम भएको बेला चोरीशिकारी बढ्न सक्ने भन्दै निकुञ्जले सुरक्षा रणनीतिलाई फरक ढङ्गले परिचालन गरेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: