Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

कैदीबिचको झडपपछि कैलाली कारागार तनावग्रस्त, कसरी भएको थियो घटना ?

खबरडबली संवाददाता

धनगढी। कैदीबिच झडप भइ एकको मृत्यु भएपछि धनगढीस्थित कैलाली कारागार तनावग्रस्त बनेको छ । शुक्रबार मध्यराति दुई पक्षबिच झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका –४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । 

झडपमा ४७ जना कैदी घाइते भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । घाइते कैदीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुई जना गम्भीर घाइतेलाई आइसीयू र बाँकीलाई कोरोनाकालमा बनाइएको सेतीको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ । 

अस्पतालमा घाइते कैदीका आफन्त र पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको छ । अस्पताल परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी, राति झडप भएको कारागार तनावग्रस्त छ । कारागारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । 

कैदीले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित चारवटै सुरक्षा निकायका प्रमुखलाई कारागार प्रवेशमा रोक लगाएका छन् । उनीहरुले ताला लगाएर प्रवेश गर्न नदिएपछि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय कारागार परिसरबाट फर्किए। जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक जारी छ ।  

डेढसय क्षमताको कैलाली कारागारमा सात सयभन्दा बढी कैदी राखिएका छन् । कैदी स्थानान्तरणको विषयलाई लिएर कारागारमा पटक पटक कैदीबिच झडप भइरहेको छ । बिहीबार पनि कैदीबिच झडप भएको थियो । त्यसक्रममा छ जना घाइते भएका थिए । कारागार प्रमुख बसन्त खत्री भने बिदामा बस्नु भएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending