Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कुलिङ पिरियडमा फेरबदल- संसदीय प्रतिवेदन कार्यान्वयनमा सभामुखको भूमिका शंकास्पद

खबरडबली संवाददाता

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा भएको फेरबदल अध्ययन तथा छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा सभामुख देवराज घिमिरे उदासीन देखिएका छन् ।

समितिका सभापति जीवन परियारले सभामुख घिमिरेलाई गत २० साउनमा प्रतिवेदन बुझाएका हुन् । तर प्रतिवेदन बुझेको ४ दिन बितिसक्दा पनि सभामुख घिमिरेले कार्यान्वयन गर्न आलटाल गरेका छन् ।

सहकारी ठगी छानबिन सम्वन्धी प्रतिवेदन बुझाएकै दिन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएका सभामुख सोही प्रकृया र नियमावलीको आधारमा बनेको समितिको प्रतिवेदन कार्यान्वयनमा भने उदासिन देखिएका छन् ।

विगतको परम्पराअनुसार पनि समितिले प्रतिवेदन बुझाएलगत्तै कार्यान्वयनका लागि अघि बढाउनुपर्नेमा सभामुखबाट यो सक्रियता नदेखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं समितिका सदस्य गणेश पराजुली बताउँछन् ।

‘समितिले प्रतिवेदन बुझाइसकेको छ । अब त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने ’boutमा सभामुखले गर्नु नै हुन्छ । तर जुन स्पिरिटमा कार्यान्वयन पक्ष हुनुपर्ने त्यो देखिएन । यसको कार्यान्वयन गर्नमा ढिलाई वा आलटाल स्वीकार्य छैन,’ उनले राजधानीसँग भने, ‘कार्यान्वयन नगरी पन्छिन हामी दिन्नौँ ।’

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठन गरिएको उक्त समितिले २९ दिन लगाएर सरोकारवालासँग छलफलपछि प्रतिवेदन तयार गरेको हो । यो बिचमा समितिको ३७ वटा बैठक बसेको थियो ।

२३ असारमा संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की थिए ।

कांग्रेस सांसद परियार सभापति रहेको समितिले संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ । खतिवडा कांग्रेसका सांसद हुन् ।

यसअघि संसदले गठन गरेको सहकारी संस्था बचत रकम ऋण दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदनलाई सभामुखले तत्काल कार्यान्वयनमा पठाएका थिए ।

सहकारी सम्बन्धी छानबिन समितिका सभापति सूर्यबहादुर थापाले ३१ भदौमा प्रतिवेदन बुझाएका थिए । समितिका सभापति थापाले प्रतिनिधिसभामा प्रस्तुत गरेको उक्त प्रतिवेदनलाई सभामुख घिमिरेले कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाउन संसद् सचिवालयलाई तत्काल निर्देशन दिएका थिए । सभामुख घिमिरेको निर्देशन कार्यान्वयन गर्दै संसद् सचिवालयले प्रतिवेदन कार्यान्वयनका लागि चासो पनि लियो ।

त्यसपछि २ असोजमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै सम्बन्धित मन्त्रालयमा पठाएको थियो । जुन स्पिरिटमा सहकारीको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखले चासो देखाए सोही स्पिरिटमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको हेरफेर’bout छानबिन प्रतिवेदन कार्यान्वयनमा चासो नदेखाएको भन्दै सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाइरहेका छन् ।

सभामुख भन्छनः छलफल गर्दैछु

सभामुख देवराज घिमिरेले परियारको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भनेर छलफल गरिरहेको बताएका छन् ।

सभामुख घिमिरेले प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भनेर कानुन मन्त्रालयका सहसचिव र संघीय संसदका सहसचिवसँग छलफल गरेको बताएका छन् ।

सभामुखको सचिवालयका अनुसार प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भनेर राजनीतिक दलका नेताहरु, दलका प्रमुख र मुख्य सचेतकहरु र कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर निर्णय लिइनेछ । तर सहसचिवहरुसँग एकसरो छलफल गर्नुबाहेक थप छलफल गर्न शनिवारसम्म सभामुखले कुनै सक्रियता भने देखाएका छैनन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending