Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

‘३८ वर्षदेखि नेतृत्व गरिरहेका प्रचण्ड र बल्ल दोस्रो कार्यकालमा रहेका ओलीको तुलना गर्न मिल्दैन’

प्रदीप ज्ञवाली भन्छन्- पूर्वराष्ट्रपतिको प्रवेशले पार्टीमा तरंग ल्यायो, तर अब नेतृत्वबारे द्विविधा छैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सम्माननीय पूर्वराष्ट्रपतिको सम्भावित प्रवेशले पार्टीभित्र अप्रत्याशित बहस जन्माएको स्वीकार गरेका छन्। तर, उनले पार्टी नेतृत्वबारे अब कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन्।

ज्ञवालीका अनुसार पूर्वराष्ट्रपतिलाई मात्र पार्टीमा सक्रिय होइन, अध्यक्ष बन्ने प्रस्तावसहित अघि बढाइएको कुराले पार्टी पंक्ति र नेतृत्व तहमा संवेदनशीलता बढाएको थियो। "यस्तो विषयले पार्टीलाई तरंगित बनाउनु स्वाभाविक हो," उनले भने, "तर, अब हामी स्पष्ट छौं—नेतृत्वबारे कुनै अन्योल छैन।"

उनका अनुसार देश अझै संक्रमणकालीन अवस्थामै रहेकोले ‘भिजनरी’, ‘बोल्ड’ र ‘एक्सन ओरिएन्टेड’ नेतृत्वको खाँचो व्यापक रुपमा महसुस भइरहेको छ। उनले विश्व राजनीतिमा देखिएका उदाहरणहरू — भारतमा नरेन्द्र मोदीको निरन्तरता र चीनमा सी चिनफिङको शक्तिकेन्द्रित भूमिका — उल्लेख गर्दै ‘बोल्ड लिडरसिप’ को आवश्यकता औंल्याए।

ज्ञवालीले केपी शर्मा ओलीको नेतृत्वमा एमालेले झन्डै ‘शून्य’ अवस्थाबाट उठेर हालको हैसियत प्राप्त गरेको भन्दै उनको योगदानको उच्च मूल्याङ्कन गरे। "सर्वोच्च अदालतको निर्णयपछि एमाले सडकमा पछारिएको थियो," उनले भने, "तर ओलीकै नेतृत्वमा पार्टी अहिलेको अवस्थामा आइपुगेको हो।"

उनले केन्द्रीय कमिटीले ओलीको नेतृत्व अझै आवश्यक रहेको निष्कर्षमा पुगेको भन्दै, पूर्वराष्ट्रपतिको प्रवेशसँगै नेतृत्व विषयमा स्पष्ट निर्णय लिएको जानकारी दिए।

सरकार हस्तान्तरणबारे स्पष्ट प्रतिबद्धता

सरकारको नेतृत्व हस्तान्तरणबारे कुरा गर्दै ज्ञवालीले वर्तमान राजनीतिक सन्तुलन र संसदको संरचनाले असारमा शेरबहादुर देउवालाई सत्ताको बागडोर दिनुपर्ने अवस्था देखाएको बताए। “हामीले इमानदारीपूर्वक सत्ताको हस्तान्तरण गर्नेछौं,” उनले स्पष्ट पारे।

ज्ञवालीका अनुसार वर्तमान सत्ता संरचना दुई प्रमुख दलहरूबीचको सहकार्यमा टिकेको छ र त्यसमा कुनै एक दल बाहिरिए अस्थिरता निम्तिनेछ। त्यसैले, वर्तमान सहकार्यलाई इमानदारीपूर्वक निभाइने प्रतिबद्धता उनले दोहोर्याए।

‘बोल्ड लिडरसिप’ र पार्टी लोकतान्त्रीकरण

ज्ञवालीले आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउने लक्ष्यका साथ पार्टीले ‘बोल्ड लिडरसिप’ लाई आवश्यक ठानेको बताए। उनले यस्तो नेतृत्व पार्टीका साथै राष्ट्रका लागि जरुरी रहेको उल्लेख गरे।

पार्टीभित्र लोकतान्त्रीकरणको बहसबारे उनले भने, “लोकतान्त्रिक मूल्यमान्यता अंगीकार गर्ने सिद्धान्त अनुरूप अब पार्टी सञ्चालन हुनुपर्छ।” उनले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्तमार्फत कम्युनिस्ट आन्दोलनमै ‘ब्रेकथ्रु’ भएको बताए।

उनका अनुसार उमेर हद र कार्यकाल सीमितताको विषय लोकतान्त्रीकरण अन्तर्गत उठाइएका थिए। तर व्यावहारिक कारणले उमेर हदको प्रावधान हटाइएको र कार्यकाल सीमाबारे अघिल्लो महाधिवेशनले नै परिवर्तन गरिसकेको बताए।

ओली र प्रचण्डको तुलना उपयुक्त होइन

ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच तुलना गर्नु उपयुक्त नभएको बताए। "३८ वर्षदेखि नेतृत्व गरिरहेका प्रचण्ड र बल्ल दोस्रो कार्यकालमा रहेका ओलीको तुलना मिल्दैन," उनले प्रष्ट पारे।

उनले थपे, ‘नेपाली समाज के मानेमा केपी ओलीप्रति कृतज्ञ हुनुपर्छ वा उहाँलाई सकारात्मक रूपमा लिनुपर्छ भने, पट पटक मृत्युको मुखमा पुगेर, त्यति अप्ठ्यारा स्वास्थ्य प्रतिकूलतालाई पार गरेर पनि निरन्तर नेपाली समाजलाई ऊर्जा दिइरहनु भएको छ। ‘अलि बढी उमेर भयो भनेर नथाक्नुहोस्’ भन्ने ढंगले उहाँले गर्नुभएको कुरालाई अर्काे अर्थमा जोड्नु हुँदैन। महाधिवेशनले पाँच वर्षलाई अध्यक्ष बनाउने हो। त्यसकारण १५–२० वर्षको कुरा अर्कै सन्दर्भमा गर्नुभएको हो।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending