Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

बैतडी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

खबरडबली संवाददाता

बैतडी। २५ जनाको क्षमता भएको कारागार कार्यालय बैतडीमा अहिले ६३ जना कैदीबन्दी र थुनुवा राख्दा बन्दीहरूको दैनिकी कष्टकर बनेको छ । भीडभाडका कारण बसाइ, स्वास्थ्य तथा सरसफाइमा समस्या कारागार कार्यालयका प्रमुख धारा भण्डारीले बताए।

१५ जना पुरुष र १० जना महिला गरी २५ जनाको क्षमता रहेको कारागारमा हाल ५३ जना कैदीबन्दी र १० जना थुनुवा छन् । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बसाइ व्यवस्थापनमा निकै समस्या भइरहेको कारागार प्रमुख भण्डारीले बताए।

यस्तै, भीड कम गर्न केही महिला बन्दीलाई डडेल्धुरा पठाइए पनि समस्या समाधान हुन सकेको छैन । बन्दीको बसाइ व्यवस्थापनका लागि खाट माथि खाट राखिएको छ । कैदीबन्दीहरूले पर्याप्त खुला स्थान नपाउने, भीडका कारण दम घुटिने र स्वास्थ्य जोखिम बढ्ने समस्या हुने गरेको एक कैदीबन्दीले गुनासो गरेका छन् ।

वि.सं. २०४० सालमा निर्माण भएको कारागार भवन पुरानो र जीर्ण भइसकेको छ । जस्तापाताले छाएको भवन वर्षातमा चुहिने र हिउँदमा शीत झर्ने समस्या रहेको छ । जीर्ण संरचना र भीडभाडको संयोजनले बन्दीहरूको अवस्था झन असहज बनेको उनको भनाइ छ ।

यसैगरी, सघन सहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत १० करोड रुपियाँ लागतमा नयाँ कारागार भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको प्रमुख भण्डारीले बताए । आगामी असोज–कार्तिकदेखि बन्दीगृह निर्माण कार्य सुरु हुने तयारी भैरहेको कारागार कार्यालय बैतडीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending