Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

विद्या भण्डारीको सदस्यताको विषय च्याप्टर क्लोज भइसक्यो, अनावश्यक बखेडा नझिकौँ : शंकर पोखरेल

७० वर्षे उमेरको हद र दुई कार्यकालको व्यवस्था पहिला नै हटासकेको दाबी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषयमा पार्टीका सम्बन्धित फोरममा छलफल गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालयको आठौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले पार्टीको विधान माथि छलफल गर्ने बेला भएकोले त्यसमा केन्द्रित भएर छलफल गर्न आग्रह गरे । बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधानको तीन महल छलफलका लागि तलका कमिटीमा पठाइएकोले त्यसमा छलफल गरी आवश्यक सुझाव दिन आग्रह गरे ।

पार्टी कमिटी भन्दा बाहिर रहेका नेकपा एमालेका जिम्मेवार कार्यकर्ता र सदस्यलाई विधान संशोधन माथिको छलफलमा सहभागी भई सुझाव दिने वातावरण तयार गर्न उनले निर्देशन दिए । त्यसको लागि प्रदेश र पार्टीका जिल्ला कमिटीको भूमिका प्रमुख हुने उनले स्पष्ट पारे ।

उनले सभामुख भएका व्यक्ति सक्रिय राजनीतिमा फर्कने र राष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कुरा फरक भएको उनले बताए । सभामुखको कुरा पार्टी सदस्यता स्थगन तर राष्ट्रपतिले भने संगठित सदस्यता परित्याग गर्ने भएकोले राष्ट्रपति कुनै पार्टीमा सक्रिय हुँदा नयाँ सदस्यता लिएर राजनीति सुरु गर्नुपर्ने उनको धारणा छ । राष्ट्रको अभिभावक भइसकेको व्यक्तिले कुनै पार्टीको नयाँ सदस्यता लिएर राजनीतिमा आउनु उपयुक्त नहुने उनले बताए ।

राष्ट्रपतिको संवैधानिक भूमिका फरक हुन्छ भन्ने कुरा नबिर्सन उनले आग्रह गरे । दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुन नपाउने भन्ने विषयलाई पार्टीको दशौँ महाधिवेशनले हटाइ सकेको पनि उनले जानकारी दिए । यो अहिले नभएर पहिला नै टुङ्गी सकेको विषय भएको उनले स्पष्ट पारे ।

७० वर्ष उमेरको हदबन्दी मुकुन्द न्यौपानेको पार्टी प्रवेशसँगै केन्द्रीय कमिटी सदस्य बनाउने सन्दर्भमा केन्द्रीय कमिटीको बैठकले एक मतका साथ स्थगन गरेको पनि उनले जानकारी दिए । त्यसैले यस्ता विषयलाई उठाएर अनावश्यक बखेडा खडा नगर्न उनले आग्रह गरे ।

पार्टी प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा भएको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इञ्चार्ज डा. राजन भट्टराई लगायतको मन्तव्य राखेको प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिए ।

बैठकमा उपस्थित सबै सचिवालय सदस्य र जिल्ला अध्यक्षहरूले रिपोर्टिङ सहित विधान संशोधनमाथि आफ्नो धारणा राखेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending