गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् । जङ्गलको च्याउ खाएर बिरामी हुनेहरुमा ८५ वर्षकी गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की सञ्जु सदा, वर्ष २९ की मञ्जु सदा, वर्ष २९ की सरिता सदा, वर्ष १० की सन्ध्या सदा, वर्ष ११ की सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
बिषालु जङ्गली च्याउ खाएर बिरामी पर्ने गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएकाले बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरेको चौदण्डीगढी नगरपालिका ९ का वडा अध्यक्ष प्रकाश राउतले बताए।
अध्यक्ष राउतका अनुसार बाँकी पाँच जनाको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको छ । सदा परिवारले मङ्गलबर बिहान घर नजिकै जङ्गलबाट च्याउ ल्याएर तरकारी बनाएर खाएकोमा अचानक सबैलाई बान्ता आउन थालेपछि चौदण्डीगढी आधारभूत नगर अस्पताल बेल्टार भर्ना गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा अध्यक्ष राउतले आर्थिक अवस्था दयनीय रहेकाले सदा परिवारको नगरपालिकाले नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: