धनगढी। सशस्त्र प्रहरी बलले भारतीय नम्बर प्लेटको कन्टेनरलाई कैलालीको धनगढीबाट नियन्त्रणमा लिएको छ। राजस्व अपचलनको आशङ्कामा सशस्त्र प्रहरी एउटा कन्टेनर नियन्त्रणमा लिएको हो।
सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटेको सशस्त्रको टोलीले युपी–३२ एच एन ७२९ नम्बरको कन्टेनरलाई धनगढी उपमहानगरपालिका–२, मिलन चोक क्षेत्रबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी मुख्यालयका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए। उनले राजस्व अपचलनमा संलग्न भएको शङ्कामा कन्टेनर नियन्त्रणमा लिइएको बताए।
नियन्त्रणमा लिइएको कन्टेनरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले बाँकेको कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाएको छ।
यसैगरी, सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका–१९, खेदास्थित मोहना नदी पारि रहेको गोठ जस्तो छाप्रोको घरबाट २५ लाखभन्दा बढीको भन्सार छलेर भित्र्याइएको कपडा बरामद गरेको छ। बेवारिसे छोडिएको अवस्थाबाट कपडा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...
माघ ६ गते, २०८२ - १२:२८
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने तयारी भइरहेको छ। पार्टीको तर...
माघ ६ गते, २०८२ - १२:०९
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको ...
माघ ६ गते, २०८२ - १२:०२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेको छिन् । उनले भनेको छिन्, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायक...
माघ ६ गते, २०८२ - ११:५१
दमक। उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक आउँदै छन्। झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उनले जानकारी लि...
माघ ६ गते, २०८२ - ११:४५
मुस्ताङ। पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिना...
माघ ६ गते, २०८२ - ११:०१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन्। सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल...
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...




प्रतिकृया लेख्नुहोस्: