काठमाडौं । तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्था गर्नुहन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ ।
सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने भन्ने पनि तपाईं हाम्रै हातमा रहेको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गर्ने प्रवृत्ति मौलाइरहेको नेपाल प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको एउटा घटनाले देखाएको छ ।
सो घटनाले सामाजिक सञ्जालमा आउने जुनसुकै लिङ्क खोल्न नहुने पनि सचेत गराएको छ । नेपाल प्रहरीका अनुसार पछिल्ला पटक धितोपत्र बजारको कारोबारका बारेमा जानकारी दिने नाममा ठगी गरिएको पाइएको छ ।
फेसबुक, इन्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई ठगी गरिएको छ । एआईमार्फत शेयर बजारको बिश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर गराइएको पाइएको हो ।
त्यस्ता एप डाउनलोड भएपछि डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने काम भइरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भ्रामक प्रलोभनमा परी नेप्से एआईलगायतका कुनै पनि अपरिचित लिङ्क तथा एपहरु नखोल्न, डाउनलोड नगर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।
प्रहरीका अनुसार, जोन डोइ (साङ्केतिक नाम)ले सामाजिक सञ्जाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको बिश्लेषण गर्नको निम्ति नेप्से एआई नामक एप डाउनलोड गर्छन् । उक्त एप मोबाइलमा इन्स्टल गरे लगत्तै उक्त एपमा रहेको रिमोट सेसन खल्नासाथ उनको मोबाइल स्क्रिन केही समय बन्द भएको जस्तो देखियो । सोही क्रममा निजको बिभिन्न बैंक खातामा भएको रु २८ लाख ६१ हजार अन्यत्र खातामा ट्रान्सफर भएको थियो । यस्तै, निजको मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपहरु समेत मेटिएको थियो । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, विगतमा पनि यस्ता उजुरी प्राप्त हुने गरेको र पछिल्लो पटकको उजुरीमा ठगीको नयाँ स्वरुप देखा परेको छ ।
साइबर व्यूरोले यस्ता क्रियाकलापबाट बच्न केही सुझाव समेत दिएको छ । सामाजिक सञ्जाललाई सुरक्षित बनाउन दोहोरो सुरक्षा कोड प्रयोग गर्ने वा एसएमएसको प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्तै, पासवर्डहरु बेला बेलामा परिवर्तन गर्नुपर्छ ।
आफ्नो डिजिटल डिभाइस अपरिचित व्यक्तिलाई कुनै पनि प्रकारको जानकारी नदिने र आधिकारिक स्रोतबाट मात्र एपहरु इन्स्टल गर्नुपर्छ । त्यस्तै यस्ता घटना घटेको थाहा पाउन साथ सम्बन्धित बैंक वित्तीय संस्था, नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहुन साइबर ब्यूरोले आग्रह गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: