Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

ताप्लेजुङ गोल्डकपः सलहेस क्लब फाइनलमा

खबरडबली संवाददाता

ताप्लेजुङ । सिराहाको सलहेस युवा क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । 

बिहीबार भएको दोस्रो सेमिफाइनलमा सलहेसले झापाको रेड स्टार फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्तमा प्रवेश गरेको हो । सलहेसका लागि विदेशी खेलाडी युसुफ मलिकले खेलको १३औं मिनेटमा पहिलो गोल गरे । 

दोस्रो हाफको ४८औं मिनेटमा मलिकले नै व्यक्तिगत दोस्रो तथा टोलीको निर्णायक गोल जोडे। गोल फर्काउने प्रयास गरे पनि रेड स्टार खेलभरि सफल हुन सकेन र प्रतियोगिताबाट बाहिरिनुपर्‍यो ।

अब सलहेसले फाइनलमा ललितपुरको चर्च ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइजले बुधबार भएको पहिलो सेमिफाइनलमा सुनसरीको द योङ ब्रदर्स क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । फाइनल खेल शनिबार हुनेछ ।

लाखेजात्राको अवसरमा आयोजना गरिएको यस वर्षको प्रतियोगितामा आयोजक तेल्लोक स्पोर्टिङ क्लबका साथै आठ टोली सहभागी भएका थिए । आयोजक तेल्लोक, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, पोखराको साहारा क्लब र भारतको लिजेन्ड फुटबल एकेडेमी सिलिगुढी क्वार्टरफाइनलमै बाहिरिएका थिए ।

प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८२ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको १५० सिसी मोटरसाइकल प्रदान गरिनेछ । यस वर्षको ताप्लेजुङ गोल्डकप साउन २४ गतेदेखि सुरु भएको थियाे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending