Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

कञ्चनपुरमा शुक्लाफाँटामा हात्ती आतङ्क

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका बासिन्दा दुई सातादेखि जङ्गली हात्तीको त्रासमा बाच्न बाध्य छन् । रात पर्नुअघि नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने हात्तीले स्थानीयको धानबालीमा क्षति गर्दै आएका छन् ।

स्थानीयका अनुसार यस अवधिमा ३५ भन्दा बढी परिवारको झण्डै चार विघा खेतको धानबालीमा हात्तीले नोक्सानी पुर्याएका छन् । ‘पहिले हात्ती धान पाक्ने बेला मात्र आउँथे, तर यस वर्ष बाला नलाग्दै पुगेका छन्’, स्थानीय केशवदत्त जोशीले भने, ‘यसरी निरन्तर आउँदा बाली पूर्णरूपमा सखाप हुने खतरा बढ्दै गएको छ ।’

जोशीले गए राती घरको आँगनमै हात्ती पुगेको घटना सुनाए । ‘ढोकाबाट निस्कँदै गर्दा हात्ती आँगन नाघ्दै थियो’, उनले भने, ‘जम्काभेट भएको भए ज्यानै लिने थियो भगवानले बचाए ।’ गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारततर्फ गएका हुँदा घरमा महिलामात्र हुने गरेका छन् । ‘दिउँसो मजदुरी गर्न जानुपर्छ, रातभर हात्ती धपाउन जाग्राम बस्नुपर्छ, यसरी मजदुरी गर्नै नसक्ने अवस्था छ’, प्रेम लुहारले दुखेसो पोखे, ‘मजदुरी नगरे पेट पालिन्न, हात्ती नभगाए बाली नष्ट हुन्छ, कहिलेकाहीँ घरै भत्काउने खतरा हुन्छ ।’

स्याली नदी किनारमा लगाइएको मेसवायर भत्काएर हात्ती खेत र बस्तीमा प्रवेश गर्ने गरेका छन् । ‘हात्तीले ठाउँ–ठाउँमा मेसवायर भत्काएका छन्, विद्युतीय तारवार जडानको माग गर्दा सुनुवाइ भएको छैन’, स्थानीय दानसिंह कुवँरले भने । उनका अनुसार मेसवायरमा जनावरलाई नमार्ने तर झड्का दिने प्रणाली भए हात्तीको प्रवेश रोक्न सकिन्थ्यो । निकुञ्ज कार्यालयदेखि स्थानीय तह र प्रदेश सरकारसम्म माग गर्दा पनि सहयोग नपाएको गुनासो उनले सुनाए ।

‘अघिल्ला वर्ष हात्ती आगो देखेर तर्सन्थे, तर अहिले तर्सनै छाडेका छन्’, उनले भने, ‘निकुञ्ज कार्यालयसँग पटाका माग्दा जनावर रिसाउने र ठुलो क्षति गर्ने भन्दै दिन नमिल्ने जवाफ दिएर फर्कायो, आगो देखेर तर्सिदैंन, हात्ती बस्ती प्रवेश गर्ने ठाउँमा बत्तीको व्यवस्था छैन, यसले मानविय क्षति हुने सम्भावना बढ्दै गएको छ ।’

सिमलफाँटा गाउँको गल्ली नं १ र २ सबैभन्दा बढी प्रभावित छन् । वडाध्यक्ष प्रतापसिंह धामीका अनुसार विद्युतीय करेन्ट प्रवाह गर्ने उपकरण महँगो भएकाले वडाको बजेटले धान्दैन । ‘नगर र प्रदेश सरकारसँग आवश्यक सहयोग मागेका छौं’, उनले भने, ‘अश्वासन पाइए पनि अहिलेसम्म बजेटको टुङ्गो लाग्न सकेको छैन ।’ सुनदेवी मध्यवर्ती समितिले दातृ निकायको सहयोगमा मेसवायर लगाएको भए पनि हात्तीले भत्काएपछि अन्य जनावर पनि खेतमा पस्ने र बाली नष्ट गर्ने समस्या बढेको स्थानीयको भनाइ छ । 

निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नगरपालिकाका १० वडा प्रभावित रहेका छन् । वर्षातको समयसँगै भारतीय दुधुवा नेशनल पार्कमा पानी भरिन सुरु भएपछि हात्तीको बथान लालझाडी संरक्षण क्षेत्र हुँदै निकुञ्ज प्रवेश गर्ने गर्दछन् । निकुञ्जको अग्लो क्षेत्रमा वर्षातको समयभर हात्तीका बथान ओहोर दोहोर गर्ने गर्दछन् । निकुञ्ज वरपरका गाउँका किसानले लगाएको धान लगायतका बालीमा क्षति पुर्याउने गर्दछन् । विगत तीन वर्षदेखि हात्तीले मानविय र भौतिक क्षति पनि निम्त्याउँदै आएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending