Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

युगान्तकारी योजना ल्याउन मन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवलाई नयाँ तथा युगान्तकारी योजना ल्याउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा उनले उत्पादकत्व वृद्धि र गरिबी अन्त्यका लागि तीव्र गतिमा काम गर्न आग्रह गरे । 

प्रधानमन्त्रीले आगामी मङ्सिरभित्र दैलेखको मिथेन ग्यास परीक्षण उत्पादन, चीनमा निर्यात गर्ने उद्देश्यसहित व्यावसायिक भैंसीपालन, अग्र्यानिक खेती अभियान, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने, ज्येष्ठ नागरिक संवाद भवन निर्माण, दशौँ राष्ट्रिय खेलकुद समयमै आयोजना, कीर्तिपुर क्रिकेट रंगशाला सम्पन्न र भक्तपुरमा ठुलो रंगशाला निर्माण तयारी गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिए । 

यसैगरी, अन्तरिक्षमा नेपालको आफ्नै अर्बिट प्रयोग, रेल र सेक्युरिटी प्रेस सञ्चालन, रेलवे विस्तार, प्रमुख जलस्रोत तथा पूर्वाधार आयोजनाहरु छिटो सम्पन्न, योग–आरोग्य अभियान र मापदण्डअनुसार कर्मचारी सरुवा गर्न पनि उनले आग्रह गरे । 

प्रधानमन्त्रीले यी प्रतिनिधिमूलक मात्र भएको उल्लेख गर्दै प्रत्येक मन्त्रालयले भदौको अन्त्यसम्म मौलिक तथा परिवर्तनकारी योजना तयार गर्न निर्देशन दिए । कार्यक्रममा चालु आर्थिक वर्षका मुख्य काम र लक्ष्यबारे प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending