Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

कोदारी-इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमति

खबरडबली संवाददाता

काठमाडौं । अरनिको लोकमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित इको क्षेत्रमा पहिरोका कारण अवरुद्ध सडक आगामी भदौ १५ गतेभित्र सञ्चालनमा ल्याउने सहमति भएको छ।

बिहीबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा आयोजित विस्तृत छलफलपछि सडक सञ्चालनसम्बन्धी पाँच बुँदे निर्णय सार्वजनिक गरिएको हो। छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, प्रतिनिधिसभा सदस्य माधव सापकोटा, मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैसी, भूगर्भविद् डा. रञ्जन दाहाल, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा व्यवसायी संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

छलफलका संयोजक सांसद सापकोटाका अनुसार, सडकको दीर्घकालीन समाधानका लागि सरोकारवालाबीच गहन छलफलपछि पाँच बुँदे सहमति जुटाइएको हो।

छलफलमा वर्षायाममा जमिनभित्र पानी प्रवेश गर्न नदिन प्लास्टिक र त्रिपालको प्रयोग गरी सतह ढाक्ने, ड्रिलिङ प्रविधिबाट भित्री पानी निकाल्ने, थप पहिरो रोकथामका लागि आवश्यक स्थानमा ग्याभियन वाल निर्माण गर्ने, सम्पूर्ण काम भदौ १५ गतेभित्र सम्पन्न गर्ने र इको क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरी दीर्घकालीन व्यवस्थापनका लागि स्रोतसाधन परिचालन गर्ने निर्णय गरिएको छ।

सांसद सापकोटाले प्रत्येक वर्ष दोहोरिने पहिरो समस्या अस्थायी मर्मतमा सीमित नराखी दीर्घकालीन समाधानमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, इको क्षेत्रको समस्या केवल सडक यातायातसँग सीमित नरही बस्ती, व्यापार, पर्यटन तथा सीमापार व्यापारसँग समेत प्रत्यक्ष जोडिएको हुँदा यसलाई राष्ट्रिय प्राथमिकतामा राखेर दीर्घकालीन रणनीति अपनाउन जरुरी छ।

सडक अवरुद्ध भएपछि सापकोटाले मंगलबार र बिहीबार संसदमा सम्बोधन गरेका थिए भने बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्ट र मन्त्रालयका सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरी समस्या समाधानबारे छलफल गरेका थिए।

स्थानीय व्यवसायी संघका प्रतिनिधिहरूका अनुसार, सडक अबरुद्ध हुँदा चीनबाट आयात गरिएका खाद्य सामग्री कुहिने अवस्था आएको छ भने दैनिक करोडौँ रुपैयाँ बराबरको व्यापार घाटा भइरहेको छ। आपतकालीन सामग्री, औषधि तथा खाद्यान्न ढुवानी प्रभावित हुँदा स्थानीय बासिन्दा ठूलो समस्यामा परेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकिएको समयसीमाभित्र आवश्यक उपकरण, प्राविधिक टोली र निर्माण सामग्री पठाएर काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending