काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा आज आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा उनले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा रहेको बताए ।
श्रीकृष्णको बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व, समता र निष्काम कर्मको सन्देश दिएको स्मरण गर्दै उपराष्ट्रपतिले भने, ‘अर्जुनको सारथी बनेर श्रीकृष्णले सेवा भावको उच्चतम उदाहरण प्रस्तुत गरे, जसले नेतृत्व शक्ति मात्र होइन, सेवा पनि हो भन्ने देखाउँछ ।’
श्रीकृष्णको जीवनकथा सङ्गीत, नृत्य, चित्रकला र साहित्यमा प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले श्रीकृष्णको बाँसुरीको धुनलाई प्रेम, सौन्दर्य र आध्यात्मिक आनन्दको प्रतीकका रूपमा व्याख्या गरे । उनले श्रीकृष्णलाई सत्य, प्रेम, करुणा र दायित्वबोधका प्रतिविम्बका रूपमा चित्रण गर्दै उनको जीवनले व्यवहारमा उतार्नुपर्ने नैतिक मूल्यहरू बोकेको बताभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।‘श्रीकृष्णको कर्मयोगको दर्शनले व्यक्ति र समाजलाई कर्मशील, उत्तरदायी र विवेकी बनाउने सूत्रहरू प्रदान गर्दछ’, उनले भने( ‘यी सूत्रहरू आत्मसात गर्न सके समाजमा सद्भाव, सांस्कृतिक समृद्धि, नैतिक पुनर्जागरण र जीवनको सार्थकता प्राप्त गर्न सकिन्छ ।’
उपराष्ट्रपति यादवले ब्रह्माकुमारी संस्थाले स्थापनादेखि नै नेपाली समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउने कार्यमा योगदान दिँदै आएकोमा प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १२:५५
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारका सकारात्मक काममा आफ्नो पार्टीको समर्थन रहने तर जनविरोधी र बेथितिपूर्ण कामको निरन्तर विरो...
आषाढ़ ५ गते, २०८३ - १२:३९
काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ। समारोहमा नेपाली चलचित्र क्षेत्...
आषाढ़ ५ गते, २०८३ - १२:३०
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेको छन् । सभाको आजको बैठक...
आषाढ़ ५ गते, २०८३ - १२:२३
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ न...
आषाढ़ ५ गते, २०८३ - १२:००
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्र...
आषाढ़ ५ गते, २०८३ - ११:३३
काठमाडौँ। यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा ने...
आषाढ़ ५ गते, २०८३ - ११:१४
धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त ...
आषाढ़ ५ गते, २०८३ - १०:५२
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ पर...
आषाढ़ ५ गते, २०८३ - १०:३७
काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...
आषाढ़ ५ गते, २०८३ - १०:२५
इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...



प्रतिकृया लेख्नुहोस्: