काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म काठमाडौंको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। महाधिवेशनमा २३९२ जना सहभागी हुने पक्का भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार २१२८ जना प्रतिनिधि र २६४ जना आयोजकको रूपमा सहभागी हुनेछन्।
प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार, प्रतिनिधि २०७८ सालमा चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै हुनेछन्। यसै कारण केही केन्द्रीय सदस्य आयोजकको भूमिकामा रहनेछन्।
प्रतिनिधिहरूलाई डिजिटल कार्ड दिइनेछ भने महाधिवेशन स्थलसम्म आवागमनका लागि सार्वजनिक यातायातको व्यवस्था विभिन्न कमिटीहरूले गर्नेछन्।
महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीसम्म विभिन्न स्थानमा स्वागतद्वारहरू निर्माण गरिनेछ। बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी तथा जनसंगठनहरूले यी स्वागतद्वार बनाउनेछन्।
महाधिवेशनस्थलमा कम्तीमा ३०० स्वयंसेवक खटाइने तयारी छ। युवा संघ नेपाल, खेलकुद महासंघ लगायतका जनसंगठनहरू स्वयंसेवक व्यवस्थापनको जिम्मामा छन्। साथै, तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क पनि सञ्चालनमा ल्याइनेछ।
पत्रकारहरूका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गरिनेछ भने महाधिवेशन रिपोर्टिङ गर्न आवश्यक प्रेस पासको व्यवस्था पनि गरिने भएको छ। महाधिवेशनको मूल नाराको तयारी भइरहेको छ, जसपछि फ्लायर्स, भिडियो सामग्री लगायतका प्रचार सामग्री सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ।
प्रतिनिधिहरूसँग कुनै सहभागिता शुल्क नलिइने निर्णय गरिएको छ। उनीहरूको बसोबासको व्यवस्था भने उनीहरूले आफैं गर्नुपर्नेछ।
महाधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
महाधिवेशनको तयारीका लागि पार्टीले विभिन्न जिम्मेवारीसहितका समिति गठन गरिसकेको छ। ती सबै समितिहरूले तीव्र गतिमा काम गरिरहेको जनाइएको छ।
महासचिव पोखरेलले व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महाधिवेशन पार्टी एकता, नीति र विधि तय गर्ने अवसर भएको भन्दै सबैलाई गम्भीर भएर भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
एमालेले आजदेखि महाधिवेशनको 'काउन्टडाउन' औपचारिक रूपमा सुरु गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: