Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ प्रतिनिधि सहभागी हुने, तयारी तीव्र

प्रतिनिधिसँग कुनै शुल्क नलिइने, सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार निर्माण गरिने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म काठमाडौंको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। महाधिवेशनमा २३९२ जना सहभागी हुने पक्का भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार २१२८ जना प्रतिनिधि र २६४ जना आयोजकको रूपमा सहभागी हुनेछन्। 

प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार, प्रतिनिधि २०७८ सालमा चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै हुनेछन्। यसै कारण केही केन्द्रीय सदस्य आयोजकको भूमिकामा रहनेछन्।

प्रतिनिधिहरूलाई डिजिटल कार्ड दिइनेछ भने महाधिवेशन स्थलसम्म आवागमनका लागि सार्वजनिक यातायातको व्यवस्था विभिन्न कमिटीहरूले गर्नेछन्।

महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीसम्म विभिन्न स्थानमा स्वागतद्वारहरू निर्माण गरिनेछ। बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी तथा जनसंगठनहरूले यी स्वागतद्वार बनाउनेछन्।

महाधिवेशनस्थलमा कम्तीमा ३०० स्वयंसेवक खटाइने तयारी छ। युवा संघ नेपाल, खेलकुद महासंघ लगायतका जनसंगठनहरू स्वयंसेवक व्यवस्थापनको जिम्मामा छन्। साथै, तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क पनि सञ्चालनमा ल्याइनेछ।

पत्रकारहरूका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गरिनेछ भने महाधिवेशन रिपोर्टिङ गर्न आवश्यक प्रेस पासको व्यवस्था पनि गरिने भएको छ। महाधिवेशनको मूल नाराको तयारी भइरहेको छ, जसपछि फ्लायर्स, भिडियो सामग्री लगायतका प्रचार सामग्री सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ।

प्रतिनिधिहरूसँग कुनै सहभागिता शुल्क नलिइने निर्णय गरिएको छ। उनीहरूको बसोबासको व्यवस्था भने उनीहरूले आफैं गर्नुपर्नेछ।

महाधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

महाधिवेशनको तयारीका लागि पार्टीले विभिन्न जिम्मेवारीसहितका समिति गठन गरिसकेको छ। ती सबै समितिहरूले तीव्र गतिमा काम गरिरहेको जनाइएको छ।

महासचिव पोखरेलले व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महाधिवेशन पार्टी एकता, नीति र विधि तय गर्ने अवसर भएको भन्दै सबैलाई गम्भीर भएर भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

एमालेले आजदेखि महाधिवेशनको 'काउन्टडाउन' औपचारिक रूपमा सुरु गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending