Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

नेपाल टेलिकमको आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

खबरडबली संवाददाता

ललितपुर । नेपाल टेलिकमले आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस आ.व.को चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ३४ अर्व ५३ करोड २४ लाख ४२ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. ३४ अर्व ५६ करोड २ लाख ६५ हजारको तुलनामा रु. २ करोड ७८ लाख २३ हजार (अर्थात् ०.०८ प्रतिशत) ले कमी भएको छ ।

यस आ.व. को चौथो त्रैमासिकसम्म कुल आय रु. ३८ अर्व ७३ करोड ३३ लाख ४१ हजार रहेको थियो । उक्त रकम गत आ.व. को सोहि अवधिको कुल आय रु. ४२ अर्व ११ करोड ६९ लाख १० हजारको तुलनामा रु. ३ अर्ब ३८ करोड ३५ लाख ६९ हजार (अर्थात् ८.०३ प्रतिशत) ले कमी भएको टेलिकमले जनाएको छ ।

यसैगरी चौथो त्रैमासिकसम्म (Earnings Before Interest, Taxes, Depreciation and  Amortization -EBITDA) रु. १९ अर्व २५ करोड ९१ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. १८ अर्व २ करोड ९ लाख ४४ हजारको तुलनामा रु. १ अर्ब २२ करोड ९१ लाख ४६ हजार (अर्थात् ६.८२ प्रतिशत) ले बढी हो ।

यसैगरी कर अघिको मुनाफा रु. ११ अर्व २१ करोड ६३ लाख ४८ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. ११ अर्व २५ करोड ६ लाख ५१ हजारको तुलनामा रु. ३ करोड ४३ लाख २ हजार (अर्थात् ०.३० प्रतिशत) ले कमी हो ।

चौथो त्रैमासिकसम्म खुद मुनाफा रु. २ अर्व ६६ करोड ८१ लाख ९२ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा रु. ६ अर्व २३ करोड ५५ लाख २ हजारको तुलनामा रु. ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) ले कमी भएको टृलकमले जनाएको छ । कम्पनीको प्रति शेयर आम्दानी (बार्षिक) रु. १४.८२ रहेको छ ।

गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ.व. को चौथो त्रैमासिकसम्मको तुलनामा करिब रु. ४१ करोड ९० लाख ७० हजार (अर्थात् १४ प्रतिशत) ले कम भएको साथै ओटीटी सेवाले कम्पनीको समग्र Voice/SMS सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको टेलिकमले कारण देखाएको छ । यसैगरी कम्पनीले गत वर्ष GSM अनुमति पत्र नवीकरणको लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस आ.व. को तेस्रो त्रैमासिकसम्म करिब रु. १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आ.व. को चौथो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु. ३ अर्ब ७ करोड ११ लाख ४२ हजार (अर्थात् ४५.२९ प्रतिशत) ले घटी भएको अर्को कारण टेलिकमले बताएको छ ।

यस्तै प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक संस्थाहरुले मोबिलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोवाइलको डाटा प्रयोगमा उल्लेखनीय कमी भएको , बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमासमेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको ,सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको, कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आ.व. मा रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको कारणले पनि आय घटेको टेलिकमको भनाई छ ।

यसैगरी कम्पनीले गत वर्षसम्म Contingent Liabilitiesमा देखाएको कर लगायतका केही मुद्दाहरुको यस आ.व.मा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आ.व.मा व्यवस्था गरिएको, कम्पनीले यस त्रैमासिकमा ऋण लगानीमा थप नोक्सानी व्यवस्था (Expected Credit Loss) गरिएको छ ।

त्यसैगरी अन्य सम्पत्तिमा पनि यस त्रैमासिकमा थप नोक्सानी व्यवस्था गरिएको विबरणमा उल्लेख छ । यसैगरी कम्पनीले नेपाल लेखामान १९ अनुसारको कर्मचारीको निवृत्तिभरणको व्यवस्था हिसाबको लागि अनुमानित छुट दर हालको वित्तीय बजारस्थिति तथा अपेक्षित प्रतिफलमा देखिएको गिरावटका कारण ७.५% बाट ७% मा घटेकोले कर्मचारीको निवृत्तिभरणको व्यवस्था बढेकोले पनि राजश्व तथा खुद मुनाफामा घटेको टेलिकमले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending