Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

गाजामा इजरायली आक्रमण, ४० जनाको मृत्यु

खबरडबली संवाददाता

गाजापट्टी। गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । 

यो घटनालाई इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअघि गरिएको ठूलो आक्रमणको सङ्केतका रूपमा हेरिएको छ ।

बाइस महिनादेखि चलिरहेको युद्धले गम्भीर मानवीय सङ्कट निम्त्याइरहेका बेला इजरायलले गाजा सहर कब्जा गर्ने निर्णय एक हप्ताअघि मात्र गरेको थियो । त्यसअन्तर्गत सेनाले आइतबारदेखि गाजामा थप पाल र आश्रय सामग्री पठाउने बताइएको छ ।

हमासले भने यस कदमलाई ‘गाजा सहर कब्जा गर्ने क्रूर योजनाको हिस्सा’ भन्दै कडा विरोध गरेको छ ।

गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार गाजा सहरको जितुन क्षेत्र अत्यन्तै खराब अवस्थामा पुगेको छ । त्यहाँ करिब ५० हजार मानिस रहेका र तिनीहरूमध्ये धेरैजना खाना, पानी र अन्य आधारभूत आवश्यकताबाट वञ्चित भएको उनले बताए ।

हालैका दिनमा गाजा सहरका आवासीय क्षेत्रहरूमा निरन्तर हवाई आक्रमण भएको स्थानीयवासीले बताएका छन् । सेनाले भने आफ्नो कारबाही अन्तर्राष्ट्रिय कानुनअनुसार भएको दाबी गर्दै नागरिक क्षति कम गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

एक स्थानीय बासिन्दा घसन कास्कोले भने, “हामीलाई निद्राको स्वाद थाहा छैन । विस्फोट र बमबारी कहिल्यै रोकिन्न ।”

संयुक्त राष्ट्रसङ्घ समर्थित विज्ञहरूले इजरायलले मानवीय सहायतामा कटौती गरेकाले यस क्षेत्रमा ठूलो अनिकालको खतरा रहेको चेतावनी दिएका छन् । 

शनिबार मात्र गाजामा सहायता वितरण स्थल नजिकै सेनाले गोली चलाउँदा खाना लिन लाइनमा उभिएका १३ जना प्यालेस्टिनीको ज्यान गएको बताइएको छ ।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको यस युद्धमा हालसम्म एक हजार दुई सय १९ इजरायलीको ज्यान गएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणका कारण ६१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।  

दस लाखभन्दा बढी महिला उत्पीडनमा

यसैबीच, गाजामा करिब दस लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुर्व्यवहारको सामना गरिरहेका छन् भनेर संयुक्त राष्ट्रसङ्घको राहत तथा कार्य एजेन्सी ९यूएनआरडब्लुए० ले शनिबार चेतावनी दिएको छ ।

एजेन्सीले सामाजिक सञ्जालमा लेख्दै भन्यो, “गाजामा भोक तीव्ररूपमा फैलिरहेको छ । महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्तै जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन बाध्य छन्, जहाँ उनीहरूको ज्यानको समेत खतरा छ ।”

एजेन्सीले गाजामाथिको इजरायली नाकाबन्दी तुरुन्त हटाउन माग गर्दै ठूलो मात्रामा राहत सामग्री भित्र्याउन अनुमति दिन आग्रह गरेको छ । गाजामा हाल २० लाखभन्दा बढी मानिस बसोबास गर्छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण एक बालकसहित थप ११ जनाको मृत्यु भएको छ । योसँगै भोकमरीका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ, जसमा १०८ बालबालिका छन् ।

गत वर्षको मार्च महिनादेखि इजरायली आक्रमणका कारण हालसम्म ६१ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख ५५ हजारभन्दा बढी घाइते भएका छन् ।

गत बिहीबार १०८ गैरसरकारी संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मे १९ यता अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा एक गाडी पनि जीवनरक्षक सामग्री पुर्‍याउन नसकेको जनाएका छन् । इजरायलले ती संस्थाहरूलाई राहत वितरणको अनुमति नदिएको जनाएको छ । जुलाई महिनामा मात्रै ६० भन्दा बढी निवेदन अस्वीकृत गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार जुन १३ देखि जुलाई २८ सम्मको अवधिमा राहत लिन गएका कम्तीमा एक हजार ७६० जना गाजावासीको ज्यान गएको छ । तीमध्ये ९९४ जना राहत वितरण केन्द्र नजिकै र ७६६ जना राहत गाडीहरू चल्ने बाटोमा मारिएका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending