काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जनतामा बढ्दो निराशाको प्रमुख कारण सत्ता गठबन्धन रहेकाे बताएका छन् । आइतबार राजधानीमा आयोजित अखिल क्रान्तिकारीको ‘मिनी संसद्’ कार्यक्रममा बोल्दै पुनले यस्ताे बताएका हुन् ।
उनले भने, “केपी ओलीजस्ता नेताहरू कहिल्यै गल्ती स्वीकार्दैनन्, सच्चिन पनि तयार हुँदैनन् ।” गल्ती सबैबाट हुन सक्ने भन्दै उनले गल्ती स्वीकारेर सुधारको बाटोमा हिँड्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय पुँजीको विकासमा जोड दिने माओवादीको नीतिका कारण कांग्रेस र एमाले एकजुट भएर प्रचण्ड नेतृत्वको सरकार ढालेको खुलासा गरे । “हामीले राष्ट्रिय पुँजीको विकासमा जोड दियौँ, तर कांग्रेस–एमालेको बाटो हाम्रोभन्दा फरक थियो,” उनले भने, “अहिले राज्य नोकरशाही पुँजीपति वर्गको स्वार्थमा चलेको छ ।”
संसदमा सत्तापक्षको बहुमतको दबदबाले जनताका आवाज कमजोर भएको पुनको टिप्पणी छ । “सत्तापक्षको संख्याको बलमा प्रतिपक्षले उठाएका जनताका मुद्दालाई पेलेर जाने प्रवृत्ति बढेको छ,” उनले भने, “यो प्रवृत्तिलाई रोक्नुपर्छ ।” उनले सरकारका प्रस्ताव सजिलै पारित हुने र प्रतिपक्षका जायज मुद्दालाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।
पुनले संसदमा केही सांसदको भूमिकामाथि समेत प्रश्न उठाए । “पूरै कार्यकाल एक शब्द नबोल्ने, कानुन निर्माणमा सहभागी नहुने, विधेयकमाथि छलफलमा भाग नलिने र संशोधन प्रस्ताव नराख्ने सांसदहरू पनि छन्,” उनले भने । यस्तो प्रवृत्तिले संसदलाई औपचारिकताको थलो बनाएको उनको भनाइ छ ।
पुनले संसदलाई जनताको भावना र आकांक्षा व्यक्त गर्ने जीवन्त थलो बनाउनुपर्ने बताए । “संसद औपचारिकतामा सीमित हुनुहुँदैन, जनताका जायज मुद्दालाई सम्बोधन गर्न कानुनी व्यवस्थामा परिमार्जन जरुरी छ,” उनले भने । माओवादी केन्द्रले संसदलाई जनमुखी बनाउन पहल गर्ने उनको प्रतिबद्धता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: