काठमाडौं । काठमाडौँको बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना गएराति करिब १:४५ बजेको समयमा बुढानिलकण्ठ नगरपालिका-७ स्थित स्पेसलचोकमा भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, स्कुटर र मोटरसाइकल बिपरीत दिशाबाट आउँदा ठक्कर खाँदा दुर्घटना भएको हो। गोल्फुटारबाट नारायणस्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।
दुर्घटनामा सिराहा जिल्ला जम्दह-४ का २९ वर्षीय भोला थापा र नाम–थर नखुलेका करिब ३५ वर्षीय युवकको मृत्यु भएको हो। दुवैजनाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा गोरखा आरुपोखरी घर भई हाल बुढानिलकण्ठ-८, भंगाल बसोबास गर्दै आएका अन्दाजी २४ वर्षीय एरिक परियार, तथा नाम, थर र ठेगाना नखुलेका अन्दाजी २८ र ३० वर्षीय दुई युवक छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेमध्ये एकले कालो ट्याक र निलो टिसर्ट तथा अर्काले खैरो बक्स पाइन्ट र सेतो ट्याक लगाएका थिए।
प्रहरीका अनुसार, मंगोलियन अनुहार भएका करिब ३० वर्षीय तीमध्ये एक युवकका आफन्त हालसम्म सम्पर्कमा आएका छैनन्। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: