Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

म्यान्माको जुन्ताले डिसेम्बर २८ मा चुनाव गर्ने घोषणा

खबरडबली संवाददाता

याङ्गुन । म्यान्माको सैनिक सरकार (जुन्ता) ले लामो समयदेखि वाचा गरिएको चुनाव यस वर्ष डिसेम्बर २८ मा सुरु हुने घोषणा गरेको छ । तर देश गहिरो गृहयुद्धमा डुबिरहेको अवस्थामा यो चुनावलाई धेरैले केवल ‘छल’ का रूपमा हेरेका छन् ।

सन् २०२१ मा आङ सान सुकीको सरकारलाई सेनाले अपदस्थ गरेपछि सुरु भएको द्वन्द्वले देशका ठूलो भागलाई सैन्य नियन्त्रणबाट बाहिर धकेलेको छ । अहिले प्रजातन्त्र समर्थक समूह र जातीय सशस्त्र सङ्गठनहरूले आफ्ना इलाकामा चुनाव हुन नदिने घोषणा गरिसकेका छन् ।

विश्लेषकहरूका अनुसार यो चुनावको उद्देश्य चाहे राष्ट्रपतिका रूपमा, सेनाध्यक्षका रूपमा वा नयाँ सिर्जित पदमार्फत जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई निरन्तर सत्तामा राख्नु हो ।

राखाइन निवासी निवासीले भने, “यो चुनाव केवल सैनिक शासकलाई शक्ति दिने बहाना हो । जनताका लागि यसको अर्थ छैन ।”

गृहयुद्धका कारण हजारौँ मानिसको ज्यान गइसकेको छ, आधाभन्दा बढी जनसङ्ख्या गरिबीमा धकेलिएको छ र ३५ लाखभन्दा बढी विस्थापित भएका छन् ।

जुन्ताले भने चुनावलाई शान्ति फर्काउने उपायको रूपमा प्रस्तुत गर्दै विपक्षी लडाकूहरूलाई हतियार बिसाए बापत नगद पुरस्कार दिने योजना अघि सारेको छ ।

यद्यपि सुकी अझै जेलमै छिन् र उनका अधिकांश समर्थक सांसदहरूले चुनाव बहिष्कार गरेका छन् । संयुक्त राष्ट्रसङ्घका एक विज्ञ विशेषज्ञले यसलाई ‘सैन्य शासनलाई नयाँ रूपमा प्रस्तुत गर्ने धोखाधडी’ भनेका छन् ।

केन्द्रीय निर्वाचन आयोगले पहिलो चरणमा २८ डिसेम्बरमा ‘बहुदलीय लोकतान्त्रिक आम चुनाव’ हुने र बाँकी चरणको मिति पछि घोषणा गरिने जानकारी दिएको छ ।

तर द्वन्द्व पर्यवेक्षकहरूले चुनाव हिंसात्मक हुने चेतावनी दिएका छन् । गत महिना जुन्ताले नयाँ कानून ल्याएर चुनावको आलोचना गर्ने वा विरोध प्रदर्शन गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । मतदान केन्द्रमा क्षति पुर्‍याउने वा मतदातालाई धम्क्याउने काम गरे २० वर्षसम्म जेल सजाय हुने प्रावधान गरिएको छ ।

मिन आङ ह्लाइङ अहिले कार्यवाहक राष्ट्रपति र सेनाप्रमुख दुवै पदमा छन् । विश्लेषकहरूका अनुसार चुनावले विपक्षी गुटलाई विभाजित गर्न सक्छ, किनकि उनीहरू भाग लिने कि बहिष्कार गर्ने भन्ने दोधारमा छन् ।

गत वर्षदेखि संयुक्त रूपमा लडिरहेका विद्रोहीहरूले धेरै क्षेत्रमा विजय हासिल गरे पनि हालै जुन्ताले अनिवार्य भर्ती, हवाई आक्रमण र हजारौँ नयाँ सैनिक परिचालन गरेर केही भू–भाग पुनः नियन्त्रणमा लिएको छ ।

चुनावको तयारीका लागि गरिएको जनगणनामा पनि पाँच करोड १० लाख जनसङ्ख्याबाट एक करोड ९० लाखको तथ्याङ्क सङ्कलन हुनै सकेन । अधिकारीहरूले यसको कारण ‘सुरक्षा अवरोध’ भएको बताएका छन् । यसले गृहयुद्धबीच हुने चुनाव कति सीमित हुनेछ भन्ने देखाउँछ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending