Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

गाजामा युद्धविराम र बन्धक रिहा गर्न हमास सहमत

खबरडबली संवाददाता

काठमाडौं । गाजामा ६० दिनका लागि युद्धविराम गर्न हमास तयार भएको छ, सो क्रममा उसले दुई चरणमा आंशिक इजरेली बन्धकहरूलाई रिहा गर्ने छ।

गाजामा युद्धविराम र बन्धक रिहाइ गर्ने सम्बन्धमा क्षेत्रीय मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा हमास सहमत भएको स्रोतले बीबीसीलाई बताएको छ।

यसै वर्षको शुरूतिर संयुक्त राज्य अमेरिकाले तयार पारेको एउटा प्रस्तावमै टेकेर इजिप्ट र इजरेलले नयाँ प्रस्ताव अघि सारेका हुन्।

विवरणहरूमा जनाइएअनुसर इजरेलले हमासको तर्फबाट प्रतिक्रिया पाइसकेको छ, तर उसले जवाफ दिन चाहिँ बाँकी छ।

ताजा प्रस्तावअनुसार हमासले बाँकी रहेका ५० जना इजरेली बन्धकहरूमध्ये आधा जतिलाई साठी दिने युद्धविरामको अवधिमा दुई चरणमा रिहा गर्ने छ।

हमास ठूलो 'दबाव'मा

हमाससँग भएका बाँकी इजरेली बन्धकहरूमध्ये २० जना जीवित रहेका ठानिएको छ। स्थायी युद्धविरामका लागि वार्ताहरू हुने छन्। हमासले युद्धको स्थायी अन्त्यको सुनिश्चितता चाहिरहेको छ।

नयाँ प्रस्तावप्रति हमास सहमत भएको विवरण बाहिर आएपछि एउटा भिडिओमार्फत् इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले प्रस्तावबारे सीधै सम्बोधन त गरेनन्, तर प्यालेस्टिनी समूह ठूलो दबावमा रहेको टिप्पणी गरे।

गत साता नेतान्याहूले बन्धकहरूको आंशिक रिहाइको विषय समेट्ने कुनै पनि छलफलका लागि ढोका बन्द रहेको बताएका थिए।

अर्कोतर्फ इजरेली सेना प्रमुखले २२ महिनादेखि जारी युद्धका क्रममा अहिले महत्त्वपूर्ण मोडमा पुगेको भन्दै "गाजा सिटीमा हमासविरुद्ध हमला तेज पार्नमा केन्द्रित भएको" बताएका छन्।

हवाई हमला तथा गोलाबारीहरूमार्फत् सजाइएका इजरेली ट्याङ्कहरू दक्षिणी साब्रामा अचानक अगाडि बढेका र तिनले विस्थापितहरू बसिरहेका विद्यालयहरू तथा संयुक्त राष्ट्रसङ्घीय एउटा क्लिनिकलाई घेराबन्दी गरेका विवरणबीच सेना प्रमुखको पछिल्लो भनाइ आएको हो।

गाजा सिटी अधीनमा लिने सैनिक योजनालाई यसै साता इजरेली मन्त्रिपरिषद्‌ले अनुमोदन गर्ने अपेक्षा गरिएको छ।त्यहाँ तेज हमलाले यसअघि नै हजारौँ मानिसहरूलाई विस्थापित हुन बाध्य पारिसकेको छ।

हमास प्रतिनिधि कायरोमा

हमाससँग युद्धविरामबारे अप्रत्यक्ष वार्ताहरू विफल भएपछि नेतन्याहूले हमला तीव्र पार्ने र सिङ्गो गाजालाई अधीनमा लिने घोषणा गरेका थिए।

मध्यस्थकर्ताहरूसँग छलफलका लागि प्रमुख वार्ताकार खलिल अल-हाया नेतृत्वको हमास प्रतिनिधिमण्डल गत सातादेखि कायरोमा रहेको छ।

सोमवार बिहान हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार प्रतिनिधिमण्डलले अघिल्लो दिन पाएको नयाँ युद्धविराम प्रस्ताव अध्ययन गरिरहेको बताएका थिए।

"यथासक्दो चाँडो सम्झौता गर्नका लागि दुवै पक्षमाथि दबाव दिने उद्देश्यका साथ" कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले पनि कायरो भ्रमण गरेको इजिप्टका विदेशमन्त्री बद्र अब्देललातीले बताए।

कुनै हेरफेर अथवा कुनै शर्त नराखी प्रस्तावप्रति सहमति जनाउँदै हमासले लिखित जवाफ दिएको एउटा स्रोतले बीबीसीलाई बतायो।

वार्ताहरूसँग परिचित एक प्यालेस्टिनी अधिकारीले दुई महिनाअघि अमेरिकी दूत स्टीभ विट्कफले प्रस्तुत गरेको प्रस्तावलाई नै नयाँ प्रस्तावले "प्रतिविम्बित गरेको" बताएका छन्।

त्यस बेला उक्त प्रस्तावलाई हमासले अस्वीकार गरेको छ। विट्कफले गरेको प्रस्तावमा ६० दिने युद्धविरामको अवधिमा हमासले १० जना जीवित बन्धक रिहा र १८ जना मृतका शव हस्तान्तरण अनि इजरेलले आफ्ना जेलमा रहेका प्यालेस्टिनीलाई मुक्त गर्ने उल्लेख छ।

लडाइँ अन्त्यका लागि युद्धविरामको अवधिमा गम्भीर वार्ताहरू पनि गरिने विट्कफले बताएका थिए। बीबीसी 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending