जनकपुरधाम । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको अन्न भण्डार मधेस प्रदेशका किसानलाई रासायनिक मलको वितरण गर्दा हुने समस्या तथा अनियमितता रोक्न निर्देशन दिएका छन् ।
मधेस प्रदेश सुक्खाग्रस्त घोषणा भएपछि विभिन्न पार्टीका सांसदसहित मधेस प्रदेशको स्थलगत निरीक्षण तथा छलफलका लागि आएका मन्त्री अधिकारीले मल वितरणको समस्या दिगो रूपमा समाधान गर्न ठोस योजनासहित अगाडि बढ्नुपर्ने बताए ।
जनकपुरधामस्थित सङ्घीय र प्रदेशलगायतका सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री अधिकारीले किसान मल नपाएर भौँतारिरहेकाे भन्ने समाचार आएको उल्लेख गर्दै मल वितरण गर्ने निकायले जिम्मेवारीपूर्वक काम नगरेको तथा उत्तरदायी नभएको देखिए कारबाही गर्ने स्पष्ट पारे ।
अहिले नेपालमा रु २६ करोड मूल्य बराबरको चार लाख ९३ हजार मेट्रिक टन मल आएको बताउँदै उनले यस्तो अवस्थामा किसानले मल नपाउनु दुःखद विषय भएको उल्लेख गरे । मन्त्री अधिकारीले भने, “मधेसको १३६ पालिकाका किसानले रासायनिक मल नपाउनु पीडाको विषय हो । यो सम्बन्धित निकायका पदाधिकारी असक्षमता हो ।”
अहिले मधेसमा उखु किसानले प्राप्त गर्दै आएको प्रतिक्विन्टल रु ७० अनुदानको रकम हटाइएको विषयलाई पुनः कायम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
सोही अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रासायनिक मलको वितरणमा व्यापक अनियमितता भएकाले मधेस प्रदेशमा रहेका कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय प्रमुख तथा कर्मचारीलाई तत्काल सरुवा गर्न माग गरे ।
मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीले जनार्दनसिंह क्षेत्रीले अहिलेसम्म मधेस प्रदेशमा ८७ प्रतिशत धान रोपाइँ भएको छ, त्यो गत वर्षको तुलनामा १० प्रतिशत कम रहेको जानकारी दिए ।
सो अवसरमा मधेस प्रदेशका कृषि सचिव डा उमेश दाहालले मधेस प्रदेशको कृषिको अवस्थाबारे कार्यपत्र समेत प्रस्तुत गरेका थिए । मन्त्री अधिकारीको टोलीमा सङ्घीय सांसद रामकृष्ण यादव, अमनलाल मोदी, हरिप्रसाद उप्रेती तथा देवप्रसाद तिमिल्सिनाको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: