Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

‘उपसभामुखलाई हटाउन धेरै सांसदले हस्ताक्षर गरेका छैनन्, आफ्नो हिसाबले निर्णय लिनु भनेको छु’

शेखर कोइराला भन्छन्- सरकारले जनताको असन्तुष्टिमा घिउ थपेर समाजलाई भड्काउने काम गर्दैछ

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया आफूसँग कुनै जानकारी नदिई एकाएक अघि बढाइएको बताएका छन्। उनले यो विषयमा विगतदेखि नै आफू स्पष्ट धारणा राख्दै आएको पनि बताएका छन्।

"उपसभामुखलाई हटाउने विषयबारे मलाई जानकारी थिएन," एक अन्तर्वार्तामा उनले भनेका छन्,, "बिहान सभापतिको निवासबाट फोन आएपछि मात्रै थाहा पाएको हुँ। म त्यसपछि बैठकमा गइँ।" उनका अनुसार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक एकातिर चलिरहँदा, अर्कोतर्फ संसदीय दलमा सांसदहरूलाई हस्ताक्षरका लागि बोलाइएको कार्यप्रति उनी असन्तुष्ट छन्।

डा. कोइरालाले यस्तो संवेदनशील विषयमा गहिरो छलफल र प्रक्रिया आवश्यक भएको बताउँदै भने, “यो गर्न नहुने कुरा हो। सरकार जनताको चाहनाभन्दा अलग दिशामा गइरहेको छ। उपसभामुख विदेश भ्रमणमा भएको बेला यस्तो कदम चाल्नु मानवीय दृष्टिले पनि उचित होइन।”

उनले एक वर्षअघि पनि उपसभामुख हटाउने विषयमा आपत्ति जनाइसकेको उल्लेख गर्दै अहिले पनि आफूको धारणा उही रहेको बताए। “अहिले मैले कुनै नयाँ धारणा बनाएको छैन, छलफल हुँदै जान्छ,” उनले भने।

महाअभियोगको तयारीसँग जोडिएको हस्ताक्षर संकलनमा उनले आफूले कसैलाई हस्ताक्षर नगर्न भनेको नरहेको स्पष्ट पारे। “मसँग सम्पर्कमा आएका सांसदहरूलाई आफ्नो विवेक अनुसार निर्णय लिन भनेको छु। धेरै सांसदहरूले हस्ताक्षर गरेका छैनन् भन्ने मलाई लाग्छ,” उनले जानकारी दिए।

भिजिट भिसा प्रकरणसँग उपसभामुख हटाउने प्रयासलाई जोडिनु अनुचित रहेको बताउँदै डा. कोइरालाले प्रश्न गरे, “यदि भिजिट भिसा नै मुद्धा हो भने अरूको पनि किन नहुने? त्यसमा राजनीतिक पूर्वाग्रह देखिन्छ।”

उनले सर्वोच्च अदालतबाट गौरहत्या प्रकरणमा अनुसन्धान गर्न परमादेश आएको भोलिपल्टै उपसभामुख हटाउने प्रक्रियामा सक्रियता देखिनु संयोग मात्र नभएको संकेत गरे। “यसमा धेरै ट्रिक छन्,” उनले भने।

पूर्वप्रधानन्यायाधीशहरू सुशीला कार्की र चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको तर पारित हुन नसकेको महाअभियोगको उदाहरण दिँदै डा. कोइरालाले महाअभियोगलाई राजनीतिक प्रतिकुलताको अस्त्र बनाइएको टिप्पणी गरे।

“नेताहरूको अपरिपक्व निर्णयले दलहरू प्रति जनविश्वास गुम्दै गएको छ,” उनले निष्कर्ष निकाले, “जनतालाई झन् निराश बनाउने काम मात्रै भइरहेको छ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending