काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न एकमत देखिएका सत्तारूढ दल अन्ततः एकाएक पछि हटेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि पनि ‘एक्सन’मा जानुपर्ने बाध्यात्मक अवस्थामा पुगेपछि रानालाई पदमुक्त गर्ने अभियानबाट सत्ताधारी दल पछि हटेका हुन् ।
उपसभामुख रानामगरले पदीय आचरणअनुसार काम नगरेको भन्दै पदमुक्त गर्न एकजुट भएका सत्तारूढ दलभित्रै लेखकलाई लागेको अभियोगमा संसदीय या न्यायिक छानबिन समिति नबनाई उस्तै अभियोग लागेकी उपसभामुखलाई चलाउन नमिल्ने बहसमा उत्रिएपछि हस्ताक्षर गरेर संसद्मा दर्ता गर्न ठिक्क पारेको पदमुक्त प्रस्ताव तत्कालका लागि टरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपसभामुखलाई पदमुक्त गर्ने प्रक्रियासँगै लेखकमाथि उठेको प्रश्नमा पनि छानबिन समिति बनाएर अघि बढ्नुपर्ने पक्षमा देखिएपछि अन्ततः कांग्रेसकै सांसदहरू हस्ताक्षर अभियानबाट पछि हटेका हुन् ।
‘लेखकमाथि उस्तै प्रकृतिको अभियोगमा चुप बसेर उपसभामुखमाथि मात्र प्रश्न उठाउन मिल्दैन भनेर एमालेका नेताहरू अघि आएपछि तत्काल पदमुक्त गर्ने प्रक्रिया रोकियो,’ कांग्रेसका एक सांसदले भने ।
उनका अनुसार कांग्रेसको संस्थापनइतर पक्षले विधिको प्रश्न उठाएको र एमालेले गृहमन्त्री लेखकमाथि पनि एक्सनमा जानुपर्ने प्रस्ताव गरेपछि दुवै दलका सांसदलाई गराइएको खाली कागजको हस्ताक्षर होल्ड भएको हो ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सभामुख रानामगरलाई हटाउन मंगलबार सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । खाली कागजमा कांग्रेस र एमालेका सांसदले हस्ताक्षर गर्दै आफ्ना सांसदलाई राजधानी काठमाडौं नछोड्न सूचनासमेत जारी गरेका थिए ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबीच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको थियो । तर, मंगलबार बिहानबाट एकाएक एमालेले गहृमन्त्री लेखकमाथि उठेको प्रश्नको निरूपण नहुन्जेल उपसभामुखमाथि एक्सनमा जान नहुने प्रस्ताव अघि सारेपछि भएका हस्ताक्षर संसद्मा दर्ता गरेर पदमुक्तको प्रक्रिया होल्ड भएको हो । यो समाचार आजको राजधानी दैनिकले लेखको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: