Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सत्तरूढ दलभित्रै उठ्यो गृहमन्त्री जोगाएर उपसभामुखलाई कारबाही गर्न नसकिने आवाज

खबरडबली संवाददाता

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न एकमत देखिएका सत्तारूढ दल अन्ततः एकाएक पछि हटेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि पनि ‘एक्सन’मा जानुपर्ने बाध्यात्मक अवस्थामा पुगेपछि रानालाई पदमुक्त गर्ने अभियानबाट सत्ताधारी दल पछि हटेका हुन् ।

उपसभामुख रानामगरले पदीय आचरणअनुसार काम नगरेको भन्दै पदमुक्त गर्न एकजुट भएका सत्तारूढ दलभित्रै लेखकलाई लागेको अभियोगमा संसदीय या न्यायिक छानबिन समिति नबनाई उस्तै अभियोग लागेकी उपसभामुखलाई चलाउन नमिल्ने बहसमा उत्रिएपछि हस्ताक्षर गरेर संसद्मा दर्ता गर्न ठिक्क पारेको पदमुक्त प्रस्ताव तत्कालका लागि टरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपसभामुखलाई पदमुक्त गर्ने प्रक्रियासँगै लेखकमाथि उठेको प्रश्नमा पनि छानबिन समिति बनाएर अघि बढ्नुपर्ने पक्षमा देखिएपछि अन्ततः कांग्रेसकै सांसदहरू हस्ताक्षर अभियानबाट पछि हटेका हुन् ।

‘लेखकमाथि उस्तै प्रकृतिको अभियोगमा चुप बसेर उपसभामुखमाथि मात्र प्रश्न उठाउन मिल्दैन भनेर एमालेका नेताहरू अघि आएपछि तत्काल पदमुक्त गर्ने प्रक्रिया रोकियो,’ कांग्रेसका एक सांसदले भने ।

उनका अनुसार कांग्रेसको संस्थापनइतर पक्षले विधिको प्रश्न उठाएको र एमालेले गृहमन्त्री लेखकमाथि पनि एक्सनमा जानुपर्ने प्रस्ताव गरेपछि दुवै दलका सांसदलाई गराइएको खाली कागजको हस्ताक्षर होल्ड भएको हो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सभामुख रानामगरलाई हटाउन मंगलबार सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । खाली कागजमा कांग्रेस र एमालेका सांसदले हस्ताक्षर गर्दै आफ्ना सांसदलाई राजधानी काठमाडौं नछोड्न सूचनासमेत जारी गरेका थिए ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबीच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको थियो । तर, मंगलबार बिहानबाट एकाएक एमालेले गहृमन्त्री लेखकमाथि उठेको प्रश्नको निरूपण नहुन्जेल उपसभामुखमाथि एक्सनमा जान नहुने प्रस्ताव अघि सारेपछि भएका हस्ताक्षर संसद्मा दर्ता गरेर पदमुक्तको प्रक्रिया होल्ड भएको हो । यो समाचार आजको राजधानी दैनिकले लेखको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending