Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पाकिस्तानमा मनसुनी वर्षाका कारण २० जनाको मृत्यु

खबरडबली संवाददाता

पाकिस्तान । पाकिस्तानमा मनसुनी वर्षाका कारण बुधबार २० जनाभन्दा बाढीको मृत्यु भएको जनाइएको छ । जहाँ गत हप्ता मात्र वर्षाले सिङ्गो गाउँ बगाउँदा चार सयभन्दा बाढीको मृत्यु भएको थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार गिलगिट-बाल्टिस्तानको उत्तरी क्षेत्रमा ११ जना र कराचीमा १० जनाको बाढीका कारण मृत्यु भएको छ । मौसम विभागले शनिबारसम्म थप वर्षाको पूर्वानुमान गरेको छ भने प्रभावित सहरमा विद्यालय बन्द रहेका छन् ।

सिन्ध प्रान्तका प्रमुख मौसमविद अमिर हैदर लघारीले बाढीको प्रमुख कारण कमजोर पूर्वाधार भएको बताएका छन् । दुई जिल्लामा वर्षाका कारण ४० देखि ५० वटा घर क्षतिग्रस्त भएको प्रान्तीय विपद अधिकारी मुहम्मद युनसले बताए । गत बिहीबारदेखि अफगानिस्तानको सिमानामा रहेको पाहाडी उत्तरी प्रान्त खैबर पख्तुनख्वामा तीन सय ५० जना भन्दा बढीको मृत्यु भएको छ ।

अधिकारी तथा सेनाले पहिरो र भारी वर्षाले प्रभावित गाउँमा दर्जनौँ बेपत्ता व्यक्तिको खोजी गरिरहेको जनाएका छन् । राहत शिविर स्थापना गरी चिकित्सा सहायताका साथै सुक्खा राशन पनि दिइरहेका  सेनाका कर्नल इरफान अफ्रिदीलाई उदृत गर्दै एएफपीले जनाएको छ । यसैबिच अधिकारीले सेप्टेम्बरको मध्यसम्म मनसुनी वर्षा जारी रहने चेतावनी दिएका छन् ।

अधिकारीका अनुसार यस वर्षाको सिजन सुरु भएदेखि वर्षाका कारण करिब ७५० जनाको मृत्यु भइसकेको छ । मनसुन बाढीले सन् २०२२ मा पाकिस्तानको एक तिहाइ भाग डुबाएको थियो, जसको परिणाम स्वरूप लगभग एक हजार सात सय जनाको मृत्यु भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending