Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

एमाले संखुवासभाले पार्टी कार्यालय भवन बनाउने

खबरडबली संवाददाता

संखुवासभा । नेकपा (एमाले) संखुवासभाले यसै वर्ष करिब १ करोड रुपियाँ लागतमा नयाँ पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । खाँदबारी नगरपालिका –१ को पोखरी बजारमा रहेको पुरानो कार्यालय जीर्ण बनेपछि नयाँ भवन बनाउन लागिएको जिल्ला अध्यक्ष खड्गबहादुर राईले जानकारी दिए । 

बुधबार बसेको जिल्ला कमिटीको छैटौं पूर्ण बैठकले भवन निर्माण गर्ने निर्णय गरेको हो । पार्टीले आगामी २०८३ असारभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसका लागि सदस्यबाट सहयोग संकलन अभियान सुरु गर्ने र देउसीभैलोमार्फत रकम संकलन गर्ने तयारी रहेको संखुवासभा प्रचार विभाग प्रमुख नविन दाहालले जानकारी दिए । 

बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले “राष्ट्रिय गौरव प्राप्त व्यक्ति सक्रिय पार्टी सदस्य बन्न नमिल्ने” धारणा राखेका थिए । त्यस्तै, केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपानेले अन्तरपार्टी निर्देशनको महत्व र दशौं राष्ट्रिय महाधिवेशनका उपलब्धीबारे प्रष्ट पारेका थिए । 

पार्टीको विधान महाधिवेशन भदौ २० गतेबाट सुरु हुने तय भएको छ, जसमा संखुवासभाबाट १४ जना प्रतिनिधि सहभागी हुने भएका छन् । बैठकमा कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, जिल्ला अध्यक्ष राईलगायत नेताहरूले पनि आफ्ना धारणा राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: