Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन हुँदै, ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने

खबरडबली संवाददाता

काठमाडौं । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती (हीरक जयन्ती)को अवसर पारेर काठमाडौं थापागाउँमा पूर्वराष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले सम्पर्क कार्यालय स्थापना गरेकी छन्।

उक्त सम्पर्क कार्यालयको औपचारिक उद्घाटन बिहीबार दिउँसो २ बजे हुनेछ। कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन विद्याको पहलमा ‘जननेता मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ गठन गरिएको छ, जसको अध्यक्ष बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्।

उक्त थापागाउँको घर सन् २०४८ मा मदन भण्डारीले चुनाव प्रचारका लागि प्रयोग गरेका थिए भने २०५१ सालमा विद्याले पनि सोही घरमा कार्यालय सञ्चालन गरेकी थिइन्। अब पुनः त्यही स्थानमा विद्याले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेकी हुन्।

यद्यपि, एमालेको साउन ५–६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो। तर, उनले आफ्नो राजनीतिक यात्रा रोकिएको छैन भन्ने सन्देशसहित कार्यकर्तामाझ सम्पर्क सुदृढ गर्न कार्यालय स्थापना गरेकी हुन्।

एमालेले भण्डारीको कार्यक्रममा नजान उर्दी जारी गर्दै आइरहेको बेलामा नेता पोखरेल भण्डारीको पक्षमा उभिएका हुन्। 

उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि भण्डारीलाई सदस्यता नदिएको विषयमा असन्तुष्टि जनाउँदै फरक मत पार्टी कार्यालयमा दर्ता गरेका छन्। स्थायी कमिटी सदस्य कर्ण थापाले यसअघि नै नोट अफ डिसेन्ट लेखिसकेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending