Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानले ३० अर्ब ऋण दिने

खबरडबली संवाददाता

काठमाडौं । जापानले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनामा ३० अर्ब आठ करोड रुपैयाँ (३४ अर्ब ४९ करोड जापानी येन) सहुलियत ऋण दिने भएको छ । अत्यधिक ट्राफिक जाम हुने कोटेश्वर चोकमा सडक विभागले बढाएको फ्लाई ओभर र सुरुङमार्ग बनाउन ३९ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको छ । त्यसमा जापानले ३० अर्ब आठ करोड रुपैयाँँ सहुलियत ऋण दिने भएको हो । 

बाँकी रकम भने नेपाल सरकारले लगानी गर्नेछ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकार गर्ने निर्र्णय गरिसकेको छ । ‘कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३४ अर्ब ४९ करोड (करिब ३० अर्ब आठ करोड रुपैयाँँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने,’ २ भदौको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)मार्फत उक्त ऋण प्राप्त हुनेछ ।

यो ऋण प्राप्त गर्न मन्त्रिपरिषद्ले दिएको सैद्धान्तिक स्वीकृति हो । अब जापान सरकारले पनि नेपाललाई यो ऋण दिने सैद्धान्तिक स्वीकृति गर्नुुपर्नेछ । त्यसपछि नेपाल र जापानबिच ऋण सम्झौतापत्रमा हस्ताक्षर हुनेछ र परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ । मन्त्रिपरिषद्ले यो निर्णयलाई परियोजना कार्यान्वयनको प्रस्थान विन्दुको रूपमा हेरेको छ ।

कोटेश्वर चोकमा दुई फ्लाई ओभर र एक हाफकट सुरुङमार्ग बनाउने तयारी छ । त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले ‘पूर्वतयारी सर्वेक्षण’ गरेर ३९ अर्ब रुपैयाँँ लगानी चाहिने अनुमान गरेको हो । जग्गा प्राप्तिसहित सो बराबरको लगानी चाहिने उक्त सर्वेक्षणले देखाएको थियो । जग्गा प्राप्तिका लागि चाहिने बजेट भने नेपाल सरकारले दिनेछ । अब सडक विभागले डिजाइन परामर्शदाता छनोट गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनेछ । डिपिआर बनेपछि परियोजनाअन्तर्गत बन्ने संरचना टुंगो लाग्नेछन् ।

अहिले काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ट्राफिक जाम हुने ठाउँमध्ये कोटेश्वर चोक अग्र स्थानमा आउँछ । यो उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको संगमस्थल पनि हो ।

काठमाडौंबाट अरनिको राजमार्ग, बिपी राजमार्गसहित पुर्वी नेपाल जाने सवारीसाधन पनि यही ठाउँबाट बाहिरिनुपर्छ र त्यही चोकबाट भित्रिनुपर्छ । त्यसले गर्दा त्यहाँ अत्यधिक मात्रामा ट्राफिक जाम हुने गर्छ । त्यहाँको ट्राफिक जामलाई न्यूनीकरण गर्न दुई फ्लाई ओभर र एक हाफकट सुरुङमार्ग बनाउने प्रस्ताव जाइकाको ‘पूर्वतयारी सर्वेक्षण’ प्रतिवेदनले गरेको छ । 

पूर्वतयारी सर्वेक्षणअनुसार मनोहराबाट–त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टसम्म फ्लाई ओभर बनाउने प्रस्ताव गरिएको छ । एयरपोर्ट विन्दुमा भने ‘हाफ कट टनेल’ (केही हिस्सा जमिनभित्र र केही हिस्सा जमिनबाहिर हुने गरी बनाइने सुरुङ) प्रस्ताव गरिएको छ । विशेषगरी, खाली ठाउँमा यस्तो टनेल बनाइन्छ । सहरी क्षेत्रमा यो प्रविधि उपयुक्त मानिन्छ । 

एयरपोर्टको धावनमार्ग अघि एप्रोच लाइट राखिएका जमिनमुनि सुरुङमार्ग बनाउने प्रस्ताव गरिएको छ । त्यहाँबाट तिनकुनेको बागमती पुलसम्म पुन: अर्काे फ्लाई ओभर नै बनाउने प्रस्ताव गरिएको छ । अहिले कोटेश्वर चोकमा रहेका अधिकांश संरचना भने यथास्थितिमा रहने प्रस्ताव गरिएको छ । संरचनाको वास्तविक प्रारूप भने अब बन्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)ले देखाउनेछ ।

अब जाापान सरकारले यसलाई अनुमोदन गरेपछि द्विपक्षीय ऋण सम्झौता हुनेछ । त्यसमा नेपालको तर्फबाट अर्थ मन्त्रालयले सम्झौता गर्नेछ । सम्भवत: जापानको तर्फबाट जाइकाले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछ । ऋण सम्झौता भएपछि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सडक विभागलाई परियोजना कार्यान्वयन गर्न पत्रचार गर्नेछ । त्यसपछि सडक विभागले परियोजनाको कार्यान्वयन अघि बढाउनेछ ।

त्यसमा पहिलो चरणमा परामर्शदाता छनोट गरिने विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले जानकारी दिए । परामर्शदाताले विस्तृत परियोजना प्रतिवेदन बनाउनुपर्नेछ । अर्थात्, परियोजनाअन्तर्गत बन्ने संरचनाको अन्तिम रूप परामर्शदाताले दिनुपर्नेछ । साथै, अन्तिम लागत अनुमान पनि परामर्शदाताले प्रस्ताव गर्नुपर्नेछ । यसैगरी, निर्माणसम्बन्धी बोलपत्रका कागजपत्रसमेत सोही परामर्शदाताले बनाउनुपर्नेछ । 

यी प्रतिवेदन सडक विभागले स्वीकृत गर्नुपर्नेछ । त्यसपछि निर्माणका लागि ठेक्का आह्वान गरिनेछ । अब ऋण सम्झौता र परामर्श छनोटको प्रक्रिया समानान्तर रूपमा अघि बढाउने तयारीमा सडक विभाग छ । 

ऋण सम्झौता हुनासाथ परामर्शदाता छनोट गर्ने गरी काम गरिने अर्यालले बताए । त्यसरी काम गर्दा परामर्श छनोटमा कम्तीमा ६ महिना समय लाग्ने उपमहानिर्देशक अर्यालले बताए । साथै, अध्ययनमा मात्रै कम्तीमा थप एक वर्ष समय लाग्ने उनको भनाइ छ । निर्माण अवधि भने विस्तृत अध्ययनपछि मात्रै थाहा हुने उनले बताए ।

‘ऋण सम्झौता गरेर परामर्श छनोट गर्दा कम्तीमा पनि ६ महिना लाग्नेछ । विस्तृत अध्ययन गर्न कम्तीमा थप एक वर्ष समय लाग्ने देखिन्छ,’ उनले भने, ‘त्यसो हुँदा अहिले नै निर्माण कहिलेदेखि सुरु हुन्छ भनेर भन्न सक्ने अवस्था छैन । निर्माण अवधि विस्तृत अध्ययनपछि थाहा हुनेछ । ऋण सम्झौता गरेर अर्थ मन्त्रालयले काम गर्नु भनेपछि हामी काम अघि बढाउँछौँ । त्यसका लागि हामी तयारी अवस्थामा छौँ ।’ 

द्रुतगतिमा काम गरेको अवस्थामा दुई–तीन वर्षमा परियोजनाको निर्माण सुरु गर्न सकिने उनी बताउँछन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending